भाद्र २१, ईलाम । सरोकारवाला निकाय र सङ्घ संस्थाको अगुवाइमा इलाममा बुधबारबाट एक महिने जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्ध अभियान शुरु भएको छ । मानव बेचविखन विरुद्धको १२औँ राष्ट्रिय दिवसका अवसरमा सो अभियान शुरु गरिएको हो ।
पछिल्लो समय देशभर जबर्जस्ती करणी र यौनजन्य हिंसाका घटना बढ्दै गएपछि शुरु गरिएको सो अभियानमा करणी र यौनजन्य हिंसाका घटना अन्त्यका लागि जिल्ला प्रहरी कार्यालयका पदाधिकारी, स्थानीय महिला, नेपाल पत्रकार महासङ्घ, महिला सञ्जाल, आमा समूह, चेतना ना्यय समूह, भरोसा नेपाल, प्याग नेपाल, जिल्ला युवा समितिको कार्यालयका प्रतिनिधिको सहभागिता थियो ।
जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले बुधबार अभियान शुभारम्भ गर्दै पछिल्लो समय व्याप्त जबर्जस्ती करणी र यौनजन्य हिंसा अन्त्यका लागि यो अभियान कोशेढुङ्गा सावित हुने र यसका लागि सबै पक्ष एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
अभियानका क्रममा एक महिनासम्म यससम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रग गरिने बताइएको छ ।