भदौ ११ , काठमाडौं । नाइजेरियाको यू–२० महिला राष्ट्रिय फुटबल टोली ‘फाल्कोनेट्स’ले पोल्यान्डमा २०२६ यू–२० महिला विश्वकपको तयारी तीव्र बनाएको छ।
पोल्यान्डको ट्र्जेब्निचामा प्रशिक्षण आधार बनाएपछि टोलीले बुधबार पहिलो अभ्यास गरेको हो। प्रशिक्षक मोसेस अडुकुको नेतृत्वमा टोलीले रणनीति, बल नियन्त्रण, फिटनेस र टिम समन्वयमा केन्द्रित भएर तयारी गरिरहेको छ।
विश्वकपअघि नाइजेरियाले अगस्ट २८ मा आयोजक पोल्यान्ड र सेप्टेम्बर १ मा दक्षिण कोरियासँग मैत्रीपूर्ण खेल खेल्नेछ। नाइजेरिया समूह ‘एफ’मा स्पेन, चीन र न्यू क्यालेडोनियासँग परेको छ।
नाइजेरिया यस प्रतियोगिताको हरेक संस्करणमा सहभागी हुने एकमात्र अफ्रिकी राष्ट्र हो।