web image
साउन २६ ,काठमाडौं । बेलायतकी एमी हन्टले बर्मिङ्घममा जारी युरोपेली एथलेटिक्स च्याम्पियनसिपमा महिला १०० मिटर दौडको स्वर्ण पदक जितेकी छन्।
हन्टले सोमबार ११.०० सेकेन्डमा दौड पूरा गर्दै उपाधि हात पारिन्। पोल्यान्डकी एवा स्वोबोडाले ११.०२ सेकेन्डमा रजत तथा बेल्जियमकी डेल्फिन न्कान्साले ११.०६ सेकेन्डमा कांस्य पदक जितिन्।
गत महिना ग्लास्गोमा सम्पन्न कमनवेल्थ खेलकुदमा १०० मिटरमा रजत पदकमा सीमित भएकी हन्टले यसपटक स्वर्ण जितेपछि आफू निकै खुसी भएको बताइन्। उनले यसअघि लगातार रजतमा चित्त बुझाउनुपरेकाले यसपटक परिणाम सुधार गर्न चाहेको बताएकी थिइन्।
२४ वर्षीया हन्टको यो वर्षको प्रदर्शन लगातार प्रभावशाली रहँदै आएको छ। उनले जुनमा स्टकहोम डायमन्ड लिगमा पहिलोपटक ११ सेकेन्डभन्दा कम समयमा १०० मिटर पूरा गरेकी थिइन्। त्यसपछि कमनवेल्थ खेलकुदमा पनि उत्कृष्ट प्रदर्शन गरेकी उनले युरोपेली च्याम्पियनसिपमा आफ्नो लयलाई निरन्तरता दिइन्।
महिला १०० मिटरको प्रतिस्पर्धा यसपटक निकै खुला मानिएको थियो। कुनै पनि खेलाडीले स्पष्ट रूपमा प्रभुत्व जमाउन नसकेको अवस्थामा हन्टले आफ्नो पछिल्लो उत्कृष्ट फर्मलाई निर्णायक समयमा प्रदर्शन गर्दै स्वर्ण जित्न सफल भइन्।
स्विट्जरल्यान्डकी जेराल्डिन डी टिजियो–फ्रे ११.०७ सेकेन्डसहित चौथो स्थानमा रहिन्। आफूलाई ‘विश्वकै तीव्र गतिमा दौडने फार्माकोलोजिस्ट’ भनेर चिनाउने उनले यस सिजन युरोपमा सबैभन्दा तीव्र समय निकाल्दै आएकी थिइन्। बेलायतकी डिफेन्डिङ च्याम्पियन दिना एस्हर–स्मिथ भने पाँचौँ स्थानमा रहिन्।
हन्ट सन् २०२४ मा रोममा भएको युरोपेली च्याम्पियनसिपमा बेलायतको ४×१०० मिटर रिले टोलीबाट स्वर्ण जितेकी थिइन्। त्यसै वर्ष पेरिस ओलम्पिकमा रिलेमा रजत पदक जितेकी उनले त्यसपछि विश्व च्याम्पियनसिपमा २०० मिटरतर्फ पनि रजत जितेकी थिइन्।
हन्ट महिला यू–१८ २०० मिटरको विश्व कीर्तिमानधारीसमेत हुन्। उनले सन् २०१हन्टले सन् २०२३ मा अध्ययन पूरा गरेपछि मात्र पूर्णकालीन प्रशिक्षण सुरु गरेकी हुन्। हाल उनी इटालीको भेनिसनजिकै ९ जुनमा २२.४२ सेकेन्डको समय निकाल्दै उक्त कीर्तिमान बनाएकी थिइन्।
क्याम्ब्रिज विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातक गरेकी पर्ने पादुआमा इटालियन प्रशिक्षक मार्को एरालेको प्रशिक्षणमा अभ्यास गरिरहेकी छन्।
Share this with your friends: