फागुन २५, काठमाडौं । युगान्डाले नेपाललाई ७६ रनको लक्ष्य दिएको छ । युगान्डा क्रिकेट एसोसिएसनको आयोजनामा जारी सिरिजअन्तर्गत टस हारेर पहिला ब्याटिङ गरेको युगान्डाले २० ओभरमा सात विकेट गुमाउँदै ७६ रन बनाएको हो ।
युगान्डाका लागि इमाकुलेट नाकिसुयीले सर्वाधिक २२ रन बनाएकी थिइन् । त्यस्तै, नेपाली बलर पूजा महतोले तीन र इन्दु बर्माले दुई विकेट लिएकी थिइन् । शनिबारदेखि सुरु भएको चारदेशीय सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा नामिबियासँग हार व्यहोरेको थियो ।