Advertisement
Advertisement
Advertisement
Advertisement

युगाण्डामा खेल्न जाने महिला क्रिकेट टोलीको बिदाई, राम्रो प्रदर्शन गर्ने लक्ष्य

  |      15:07:00   |  
युगाण्डामा खेल्न जाने महिला क्रिकेट टोलीको बिदाई, राम्रो प्रदर्शन गर्ने लक्ष्य

फागुन २१, काठमाडौं । यही मार्च ८ देखि युगाण्डामा सुरु हुने चारदेशीय महिला टी-२०आई शृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार मुलपानीस्थित क्यानको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाई गरेको हो ।

शृंखलामा नेपाल, युगाण्डा, हङकङ र नामिबियाको सहभागिता । नेपालले नामिबियासँग महिला क्रिकेटमा पहिलोपटक खेल्न लागेको हो ।
बिदाई कार्यक्रममा बोल्दै टिमकी कप्तान इन्दु बर्माले युगाण्डामा गएर राम्रो क्रिकेट खेलेर फर्कने बताइन् । ‘टिमको तयारी एकदमै राम्रो भएको छ, फिल्डिङ र फिटनेसमा सुधारका लागि धेरै काम गरेका छौं र फिटनेस ट्रेनर पनि आउनुभएको छ’ उनले भनिन्, ‘हामी यसपटक राम्रो क्रिकेट खेलेर फर्कनेछौं।’

त्यसैगरी प्रशिक्षक मनोज कटुवालले पनि कमजोरीहरू सुधार गरी सिरिज जितेर फर्कने बताए । ‘फिल्डिङ र फिटनेसमा ध्यान दिएका छौं । ट्रेनर नै ल्याएर । यसपटक सिरिजमा जितेरै आउनेछौं’ उनले भने, ‘यू(१९ को खेलाडी र अनुभवी खेलाडीको समिश्रणले राम्रो गर्नेछौं ।’
त्यसैगरी क्यानका सचिव पारस खड्काले नयाँ ठाउँमा गएर खेलेर नयाँ अनुभव बटुल्न मद्दत पुग्ने बताए । टिमलाई शुभकामना दिँदै उनले भने, ‘जित र हारको मुल्यांकन भइरहेकै हुन्छ, हामी तपाईहरूमा विश्वास गर्छौं, राम्रो क्रिकेट खेलेर फर्कनु हुनेछ भन्ने आशा सहित शुभकामना।’

नेपालले मार्च ८ ९फागुन २४०मा नामिबियासँग खेल्नेछ भने, फागुन २५ मा युगाण्डासँग, फागुन २६ मा हङकङसँग खेल्ने छ । त्यस्तै फागुन २८ मा नामिबियासँग, २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ ।

यी सबै खेलहरू सकिएपछि शीर्ष २ मा हुने टोलीले फाइनल खेल्ने छन् ।

नेपालको टोली स् इन्दु बर्मा ९कप्तान०, रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्‍वरी विष्ट 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement