काठमाडौं । यहि बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न जिल्लाका वडा सदस्यमा दलित महिलाको सिट खाली भएको छ । विशेष गरि अधिकांश हिमाली जिल्लामा दलितको बसोबास नै नभएका कारण महिला सदस्य पद खाली रहेको हो ।
पहिलो चरणको निर्वाचनमा ३४ जिल्लामा २ हजार पाँच सय ९८ दलित महिला सदस्य जनप्रतिनिधि निर्वाचित हुँदै छन् । निर्वाचन आयोगका अनुसार ति सिटका लागि सात हजार ४७२ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । यद्यपी, मनाङ, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला, गोरखा, नुवाकोट लगायत सात जिल्लाका ६७ सदस्य पदमा दलित महिलाको उम्मेदवारी नै परेको छैन ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६ को उपदफा २ अनुसार गाउँपालिका र नगरपालिकाको प्रत्येक वडामा निर्वाचित हुने दुईजना महिला सदस्यमध्ये एक जना दलित महिला हुनैपर्ने प्रावधान रहेको छ । तर, दलित महिला नभएको स्थानमा कुनै विकल्प नदिएका कारण दलित महिलाको पद खाली भएको जिल्ला निर्वाचन कार्यालयहरुले जनाएका छन् ।
मनाङ
मनाङ जिल्लाको ४ गाउँपालिका मध्ये दुई वटा गाउँपालिकाको ५ वटै वडामा उम्मेदवारी दिने दलित महिला भएनन् । ति गाउँपालिका नारफू र चामे हुन् । जिल्ला निर्वाचन कार्यालय मनाङका अनुसार जिल्लाको नेस्याङ गाउँपालिकाको ९ वडा मध्ये १, २, ७, ८ र ९ वडामा दलित महिलाको सिट खाली भएको छ । नाशोङ गाउँपालिकामा रहेको ९ वटा वडा मध्ये २, ३, ५, ६ र ७ नम्बर वडामा दलित महिलाको सिट खाली भएको निर्वाचन कार्याललयले जनाएको छ ।
मुस्ताङ
मुस्ताङका ५ गाउँपालिकामध्ये एउटा गाउँपालिकाको कुनै वडामा पनि दलित महिलाको उम्मेदवारी परेन । दलित महिलाको उम्मेदवारी नै नपरेको गाउँपालिका लोमन्थाङ हो । जसको ५ वडामा नै दलित महिलाको सिट खाली भएको छ । यस्तै जिल्लाकै दामोमे गाउँपालिकाका ५ वडा मध्ये १, २, ४ र ५ वडामा दलित महिलाको सिट खाली भएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी सिताराम शर्माले जानकारी दिनुभयो ।
डोल्पा
निर्वाचन कार्यालय डोल्पाका अनुसार जिल्लाका दुई नगरपालिकार र ६ गाउँपालिका मध्ये छार्का ताङसोङका ६ वटै वडामा दलित महिलाको सिट खाली भएको छ । यस्तै डोल्पो बुद्ध गाउँपालिकाका ६ वटै वडामा दलित महिलाको सिट खालि भएको जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाले जानकारी दिनुभयो ।
रसुवा
रसुवाका तीन गाउँपालिकाका ६ वडाहरुमा दलित महिलाको पद खाली भएको छ । गोसाइँकुण्ड गाउँपालिकाका ६ वटा वडामध्ये वडा नं १, २, ३ र ४ मा कुनै पनि दलहरुबाट दलित महिलाको उम्मेद्वारी नपर्दा चार वडामा दलित महिलाको पद खाली भएको छ ।
यस्तै कालिका गाउँपालिकाका ५ वडा मध्ये वडा नं १ मा पनि महिलाको उम्मेद्वारी परेको छैन । नौकुण्ड गाउँपालिकाको ५ वटा वडा मध्ये वडा नं ४ मा समेत दलित महिलाको पद खाली भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रसुवाका मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीका अनुसार जिल्लामा रहेका गाउँपालिका ६ वटा वडा मध्ये ४ वटा वडामा दलित महिलाको उम्मेद्वारी नपरेको बताउनुभयो ।
हुम्ला
हुम्ला जिल्लामा पनि ७ गाउँपालिका मध्ये २ गाउँपालिकामा दलित महिलाको पद खाली भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाको नाम्खा गाउँपालिकाका ७ वटै वडामा दलित महिलाको पद खाली रहेको कार्यालयका लेखापाल दीपक नेपालीले बताउनुभयो । सो वडामा तामाङहरुको मात्रै बसोबास भएको कारण दलित महिलाको पद खाली भएको उहाँका भनाई छ । यस्तै जिल्लाकै सिमिकोट गाउँपालिकाका ८ वडा मध्ये वडा नं १ मा दलित महिलाको पद खाली भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
गोरखा
गोरखा जिल्लाका ९ गाउँपालिका र २ नगरपालिका मध्ये चम नुव्री नगरपालिकाका ७ वटै वडामा दलित महिलाहरुको पद खाली भएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी राजेन्द्र प्रसाद पोख्रेलका अनुसार सो नगरपालिकामा दलित महिलाहरु थोरै संख्यामा भएपनि मतदाता नामावलीमा उनीहरुको नाम नै नहुँदा खाली भएको बताउनुभयो ।
नुवाकोट
नुवाकोट जिल्लामा रहेका दश गाउँपालिका र एक नगरपालिका मध्ये तारकेश्वर गाउँपालिकाका ६ वडा मध्ये वडा नंम्बर ६ मा दलित महिलाको सिट खाली भएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।
यि सात जिल्ला मात्रै होइनन् अन्य जिल्लाहरुमा समेत महिलाको पद खाली भएको जिल्ला निर्वाचन कार्यालयहरुले बताएका छन् । सन्दिप वि.क.को महिला खबरमा प्रकाशित लेख ।
एमजी गाडीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले चाडपर्व लक्षित अफर योजना सार्वजनिक गरेको...
असोज २८, काठमाडौं । ह्याकर र साइबर फ्रडहरुले मानिसहरुलाई फसाउन धेरै तरिकामा जालहरु...
असोज २८, काठमाडौं । नेपालीहरुको महान चाड दसैँ, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा...
असोज २८, काठमाडौं । नेपाली हिन्दूहरुको महान चाड बडादशैंलाई लक्षित गरी गरिमा विकास बैंक...
असोज २८, काठमाडौं । आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना...
असोज २६,काठमाडौं । ग्लोबल आइएमई बैंकले दसैंको अवसरमा टिकटक प्रतियोगिता सञ्चालन गर्ने भएको छ...
असोज २६, काठमाडौं । नबिल बैंकले दसैँका लागि नयाँ तथा सुकिला नोट सटही गर्न उपत्यका विभिन्न शाखा...
असोज २५, काठमाडौं । इजरायलबाट स्वदेश फर्कने चाहने २५० जना विद्यार्थी आज नेपाल आउँदैछन्।...
नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या साढे ३८ हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण...