Advertisement
Advertisement
Advertisement
Advertisement

मौलिक हकसम्बन्धी विधेयक निर्धारित समयभित्रै पारित हुन्छ : सभामुख

  |      16:32:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र २१, काठमाडौं ।  सभामुख कृष्णबहादुर महराले आगामी असोज २ गतेभित्र संविधानअन्तर्गतका मौलिक हकसम्बन्धी विधेयक संसद्बाट पारित भइसक्ने बताएकाछन्।सञ्चारकर्मीसँग कुरा गर्दै आज उनले प्रतिनिधिसभामा पेश भएका मौलिक हकसम्बन्धी विधेयकको अवस्थाका बारेमा जानकारी गराएकाहुन् । 

 

सभामुख महराले आगामी असोज ३ गतेसम्म मौलिक हकसम्बन्धी कानून पारित भइसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको जानकारी गर्दै भने, “विधेयकमा सहमति गरी निर्धारित समयमै पारित गर्नका लागि आजै मैले प्रमुख दलका शीर्ष नेतालाई भेटेर आग्रह गरिसकेको छु ।” 

 

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई आज प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्तरुपमा भेटेर सोबारेमा आग्रह गरेको उनले जानकारी गराए । 

 

प्रतिनिधिसभामा सरकारले दर्ता गराएका जम्मा २६ विधेयकमध्ये छ विधेयक प्रमाणीकरण भइसकेका छन् । बाँकी २० मध्ये ११ मौलिक हकसम्बन्धी विधेयक छन् । मौलिक हकसम्बन्धी विधेयकमध्ये पाँच प्रतिनिधिसभामा छलफलका क्रममा रहेको र छ वटा विधेयक सम्बन्धित संसदीय समितिमा दफावार छलफलका क्रममा रहेको सभामुख महराले स्पष्ट पारे । मौलिक हकबाहेक अन्य विधेयक भने असोज २ गतेपछि पारित गर्ने गरी प्रक्रिया अघि बढाइएको छ । 

 

सो अवसरमा सभामुख महराले भोलि भदौ २२ गतेदेखि हुने आफ्नो चीन भ्रमणका बारेमा समेत जानकारी गराए । उनी चीनको केन्द्रीय सरकार र ल्हासा सरकारको निमन्त्रणामा चौथो सांस्कृतिक पर्यटन एक्स्पोमा सहभागी हुन, तिब्बतस्थित नेपालको कन्सुलर कार्यालयको पुनःनिर्माण शिल्यान्यास गर्न तथा ट्रान्स हिमालय बेल्ट एण्ड रोड इन्टरनेशनल कोपरेशन फोरमको छलफलमा सहभागी हुन त्यसतर्फ जाँदै छन् । उनी २६ गते स्वदेश फर्कने कार्यक्रम छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement