Advertisement
Advertisement
Advertisement
Advertisement

मैथिल महिलाको सांस्कृतिक पर्व मधुश्रावणी शुरू

  |      14:30:00   |  
वेब तस्विर
वेब तस्विर

असार २६, जनकपुरधाम । मिथिलाञ्चलमा मैथिल महिलाको सांस्कृतिक पर्व मधुश्रावणी  आजदेखि शुरू  भएको छ । सामाजिक सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाइन्छ भने त्यसपछि प्रत्येक वर्ष सो अवसरमा कथा सुन्ने सुनाउने परम्परा रहेको छ ।

सामान्यतः तेह्र दिनसम्म (तिथिको गणनामा थपघट हुँदा पर्वको अवधिमा पनि हेरफेर हुने गरेको) मनाइने यस पर्वमा मैथिल पुत्री विभिन्न गीत गाउँदै श्रीमान्ले ल्याए वा पठाएको फरिया, घोघट लगाएर सखीहरूसँग फूलबारीमा फूल टिप्दै लोकाचारलाई रागात्मक धरातलमा उभ्याउने गर्छिन् । अवधिका हिसाबले सबैभन्दा लामो समयसम्म अनुष्ठान गरिने यो पर्व वर्षभरिकै ठूलो पर्व हो ।

वर्षा ऋतुमा सर्पको भूमिमा आगमगन र विचरणले मानव जीवन त्रस्त हुनुले नाग–नागिन र प्रकृतिका प्रतीक हुने कारणबाट पनि प्रेरित यो पर्व मुख्यतः शिव, पार्वती तथा नाग–नागिनको पूजामा केन्द्रित रही मनाइने चलन छ । मौना पञ्चमीदेखि सुरू भई तृतीया तिथिका दिन समापन हुने यो पर्व मैथिल समुदायका ब्राह्मण, कायस्थ, देव र सोनार जातिमा मनाइने गरिएको पाइन्छ । पर्वमा प्रत्येक दिन गौरी तथा नाग– नागिनको पूजा गरी शिव, पार्वती र नागसँग सम्बन्धित कथा सुनाउने गरिन्छ ।

धार्मिक दृष्टिले मधश्रावणी पर्व शैव धर्मसित सम्बन्धित बुझिन्छ ।  शिव आशुतोष र मनोवाञ्छित फल प्रदान गर्ने देवताका रूपमा रहेका छन् । यसका साथै यस पूजामा तन्त्रको पनि प्रभाव रहेको देखिन्छ । तान्त्रिक दृष्टिले शिवको महत्वपूर्ण मानिन्छ । तन्त्रशास्त्रलाई शिवप्रणीत भनिन्छ । यो खबर राससमा छ । गौरीलाई शिवकी शक्तिका रूपमा मिथिलामा स्वीकार गरिएको छ । प्रत्येक सधवा महिलाले गौरपुज्न गर्दा शिवसहित गौर्ये नमः जस्ता मन्त्र उच्चारण गर्ने गर्दछिन । गौरीलाई सौभाग्यप्रदायिनी देवी मानिएको छ।

गौरीलाई दाम्पत्य जीवनको संरक्षिका र नागलाई नारीको पतिका रूपमा वंशलाई सामाप्त पार्ने प्रवृत्तिको जीव मानिएकाले यस पर्वमा गौरी तथा नाग–नागिनको विशेष पूजा आराधना गर्ने गरिएको पाइन्छ । वैदिक भावनानुकूल र सांस्कृतिक परम्परामा आधारित यो पर्वको उद्देश्य सुखी एवं दीर्घ दाम्पत्य जीवनका लागि  गौरीका दाम्पत्य जीवनका प्रसङ्गका माध्यमले  जीवनलाई सुखी बनाउने र मनकामना पूर्णका लागि उत्पे्ररित गर्नु हो।

मिथिलाकी राजकुमारी सीताद्वारा गौरी पूजन गरिएकाले नै भगवान श्रीराम जस्ता पति पाइन् भन्ने धार्मिक आस्था पनि देखिन्छ । वाल्मीकि रामायणका अनुसार गौरी पूजनका लागि सीताले फूल टिप्ने क्रममा रामसँग भेंट भएको थियो।

पर्वमा कतिपय कथा शिव पार्वतीको वैवाहिक, रोमाञ्चक प्रसङ्ग एवै ठट्यौली भरिएका कारण नारी जीवनमा पति प्रतिको स्नेह, सौहार्दतालाई प्रगाढ बनाउन प्रेरित गर्दछ भने सर्पकी आमा विसहरा र उनको वंशका बारेमा चर्चित कथाहरूले नागको पूजा गर्ने भावनालाई अभिप्रेरित गर्ने जनविश्वाससमेत पाइन्छ।

यो पर्व कहिलेदेखि सुरू गरिएको हो भन्न सकिने तथ्थ नरहे पनि शिव पुराणको प्रसङ्गअनुसार मधुश्रावणी नामक नवविवाहिता  शिवलाई आफ्नो पतिलाई कुष्ठरोग भएको व्यथा सुनाउदा शिवले तिनलाई यस प्रकारको व्रत गर्न सुझाव दिए । उहाँको सुझावअनुसार उनले व्रत गरेपछि पति निको भइ स्वस्थ भए । त्यसै दिनदेखि प्रत्येक नवविवाहिताले यसलाई वैधव्य रक्षार्थ अनुपालन गर्दे परम्परागत रूपमा मनाउँदै आएको बुझिन्छ।

मधुश्रावणी पर्व दार्शनिक दृष्टिकोणबाट महत्वयूर्ण रहेको मानिन्छ । यस पर्वअन्तर्गत भनिने कथाहरूमा सृष्टितत्व, पृथ्वीको जन्म आदिको बयान हुनुका साथै जीवन, प्रारब्ध, कर्मफलको भाग, पुनर्जन्मलगायत गम्भीर विषयलाई लोकथाको माध्यमले सुनाइने गरिन्छ।

यस पर्वमा मौनापञ्चमी एवं विसहराको जन्म कथा, मनसा र मङ्गला गौरीको कथा, पृथ्वीको उत्पत्ति, समुद्र मन्थन, सतीको पवित्रताको कथा, शिवको पारिवारिक कथा, गङ्गा उत्पत्ति, गौरीको जन्म र कामको कथा, गौरीको तपस्या, गौरी विवाहका जन्तीको कथा, कार्तिक र गणेशको जन्म, सन्ध्या र लीलीको विवाह, सुकन्या, बालबसन्त र गोसाउनीको कथा,  राजाश्रीकर र गणेशद्वारा सुहाग मन्थनको कथा श्रवण गरिन्छ।

यस पर्वको सामाजिक दृष्टिले पनि महत्व रहेको छ । यसका कथाहरूमा महादेवको पारिवारिक जीवनसम्बन्धी कुरा, विवाह, गौरी र महादेवको दाम्पत्य जीवन विषयक प्रसङ्गका साथै अनेक विषय समाज र परिवारमा इष्र्या, द्वेष  सेवा, सहिष्णुता, सहयोग, समर्पण, काम वासना, मनोरञ्जन, दाम्पत्य पे्रम, पारिवारिक कर्तव्यबोधलगायतको वर्णन गरिएको पाइन्छ।

यस पर्वमा नागदेवताका विशेष रूपमा पूजा गरिन्छ । मिथिलामा नागलाई विषहराका अछु, कछु, महानाग, श्रीनाग र नागश्री गरी पाँच बहिनीको स्वरूपमा विशेष विधिपूर्वक पूजा गरिएको पाइन्छ । विषहरालाई महादेवको सन्ततिसरह मानिएकाले यसको पूजनबाट एकातिर सर्पको भय नरहने र अर्कोतिर महादेव पनि प्रसन्न हुने विश्वास रहेको छ।

समाजमा कन्यादान गर्दा कन्याको उमेर प्रायः किशारोवस्थाको रहने एवं त्यस उमेरकी बालिका पारिवारिक र सामाजिक विधि व्यवस्थाका विषयमा पटु नरहने हुनाले समाज वा परिवारकी प्रौढ महिलाद्वारा कथाको माध्यमले यस्ता गम्भीर र अत्यावश्यक कुराबारे ज्ञान प्रदान गरिनु अन्यन्त महत्वपूर्ण मानिन्छ।

यस पर्वमा महिला वर्गको मात्र सहभागिता रहने भएकाले नवयौवना बालिकालाई जीवनोपयोगी शिक्षा उपयोगी तरिकाले दिइने गरिन्छ, जसबाट ऊ मानसिक र शारीरिक रूपले समेत गृहस्थ जीवनयापनका लागि तयार हुन सकोस् । पर्वको अन्तिम विधि टेमी विधि हुन्छ । यसमा बेहुलीको आँखा  छोपि घुँडा र खुट्टा डाम्ने गरिन्छ । सामान्य अर्थमा यो विधि अव्यवहारिक, अन्धविश्वासी, रूढीवादी परम्परामा आधारित भएको देखिए पनि एउटा खास धार्मिक, सांस्कृतिक मान्यता प्रतीक मानिएको छ । सो विधि डाम्दा हुने पीडा जतिकै दाम्पत्य जीवनमा पर्न सकिने दुःख, कष्ट, पीडा खप्ने हुनुपर्दछ भन्ने अर्थमा अथ्र्याएको पाइन्छ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement