साउन २३, काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले मुलुकमा शान्तिसुरक्षाको माग गर्दै बुधबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।
पछिल्लो समय महिला र बालबालिकामाथि शृङ्खलाबद्ध हत्या, हिंसा र बलात्कार भइरहेकाले दोषीलाई अविलम्ब कारवाही गर्न संगठनले सरकारसंग आग्रह गरेको छ ।
सो अवसरमा संगठनका अध्यक्ष तथा पूर्वराज्यमन्त्री कुन्तिकुमारी शाहीले केही समययता देशका विभिन्न स्थानमा महिलामाथि बलात्कार, हत्या र नारी अस्मितामाथि निरन्तर प्रहार भइरहेकोमा चिन्ता व्यक्त गर्दै हालै कञ्चनपुरमा बालिकाको बलात्कारपछि भएको हत्या तथा भक्तपुरमा बालकको अपहरणपछि भएको हत्याको घटनाले देशको शान्तिसुरक्षामा कमजोरी देखिएकाले यसप्रति संवेदनशील हुन प्रहरी प्रशासनलाई आग्रह गरिन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता रोशन कार्कीले बलात्कारीलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिदैं महिला र बालबालिकामाथि भइरहेको हत्या, हिंसा र बलात्कारका घटना तत्काल रोक्न माग गरे ।
संगठनकी महासचिव सरस्वती केसीले महिलामाथि हुने सबै प्रकारका हिंसा तत्काल अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएकीछन् । ।
फागुन २२, रूकुम । रूकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र...
पुस १७,काठमाडौं । लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका-५ जौबारीमा...
पुस १५,काठमाडौं । बनेका कानुन कार्यान्वयन नगर्न हस्तक्षेप गरेकै कारण कानुन अभ्यासमा जान...
पुस ८,काठमाडौं । प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै...
पुस १,काठमाडौं ।प्रतिनिधिसभा सदस्य डा चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा...
पुस १, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास र समृद्धिका लागि...
मंसिर २६, काठमाडौं । म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको...
मंसिर २५, काठमाडौं ।उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म...
मंसिर २४, काठमाडौं ।रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी...