Advertisement
Advertisement
Advertisement
Advertisement

मुक्त हलियाको रकम हिनामिना बारे छानबिन

  |      14:45:00   |  
वेब तस्विर
वेब तस्विर

साउन ४, डडेल्धुरा ।  डडेल्धुरामा रहेका मुक्त हलियाका रकम हिनामिना भएको भन्दै जिल्ला प्रशासनमा परेका उजुरीका बारेमा छानबिन गरिने भएको छ । 

मालपोत कार्यालय डडेल्धुराका कर्मचारीले मुक्त हलियाबाट खाएको रकम फिर्ता गरेपछि उजुरी गर्नेको संख्या बढेको जिल्ला प्रशासनले जनाएको छ । 

मालपोत कार्यालय डडेल्धुरामार्फत कार्यान्वयन भइरहेको मुक्त हलिया पुनःस्थापना कार्यक्रममा भएको आर्थिक अनियमितता प्रकरणको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भएको छ । 

मुक्त हलिया पुनःस्थापना कार्यक्रमका लाभान्वित व्यक्तिहरुले जग्गा खरिद, घर मर्मत र घर निर्माणका लागि प्राप्त अनुदान रकममा घुस मागेको भन्दै मुक्तहलियाहरुले उजुरी दिन थालेका हुन् । 

मालपोत कार्यालय डडेल्धुराका कर्मचारी, राष्ट्रिय हलिया मुक्ति समाज महासंघ सम्बद्ध व्यक्तिहरुका नाममा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन थालेका हुन् । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले प्रारम्भिक छानबिन गरी थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । 

जिल्ला प्रशासन कार्यालयमा प्राप्त लिखित तथा मौखिक उजुरीका आधारमा घुस लिएका व्यक्तिसँग स्पष्टीकरण माग गरी ठाडो बयान लिएर थप कारवाहीका लागि अख्तियारमा पठाइएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । मुक्त हलियाबाट विभिन्न बहानामा रु २० हजारदेखि ५६ हजार घुस लिइएको उजुरीमा उल्लेख गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महेन्द्रनगरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले जिल्ला प्रशासन कार्यालय डडेल्धुरामार्फत प्राप्त उजुरी र अन्य सूचनाका आधारमा सो प्रकरणको विस्तृत छानविन भइरहेको बताए । अनुसन्धानमा सबैको सहयोग पाइएमा दोषीहरु नउम्किने उनको भनाइ छ । 

मुक्त हलियाका नाममा प्राप्त अनुदान रकममा कमिसन लिएको प्रकरणमा निकै नाटक भइरहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । घुस खाएको भन्दै किटानी उजुरी गरेका व्यक्तिहरु उजुरी फिर्ता लिन आग्रह गर्दै पुनः निवदेन दिन थालेका प्रमुख जोशीले जानकारी गराए । 

डडेल्धुरा जिल्लामा कूल दुई हजार ५५१ जना मुक्त हलिया छन् । जसमध्ये एक हजार ८९५ जना प्रमाणीकरण भइसकेका छन् । मुक्त हलिया परिवारलाई जग्गा खरिदका लागि रु दुई लाख, घर मर्मत सम्भारका लागि रु एक लाख २५ हजार र घर निर्माणका लागि रु. तीन लाख २५ हजार अनुदान उपलब्ध गराइने मालपोत कार्यालय डडेल्धुराले जनाएको छ । 

आर्थिक वर्ष २०७१/७२ बाट कार्यान्वयन भइरहेको मुक्तहलिया पुनःस्थापना कार्यक्रममार्फत पहिलो वर्ष घर निर्माणका लागि २८, घर मर्मतसम्भारका लागि २० र जग्गा खरिदका लागि १५ जनाले अनुदान प्राप्त गरेका थिए भने आव २०७२/७३ मा जग्गा खरिदका लागि १५, घर निर्माणका लागि ३० र घर मर्मतका लागि ४० जनाले अनुदान प्राप्त गरेका थिए । 

यसैगरी आव २०७३/७४ मा जग्गा खरिदका लागि ६८, घर निर्माणका लागि २३ र घर मर्मतका लागि ७२ जनाले अनुदान प्राप्त गरेका थिए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement