Advertisement
Advertisement
Advertisement
Advertisement

मानव बेचबिखन न्यूनीकरणमा जोड

  |      16:41:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र २०, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले विकृतपूर्ण सोचका कारण मानव बेचबिखन तथा ओसारपसारलाई आर्थिकोपार्जनको माध्यम बनाइएकामा चिन्ता व्यक्त गरेकाछन् । 

 

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १२ औँ राष्ट्रिय दिवस मूल समारोहमा उहाँले सभ्य समाज निर्माणका लागि बाधक तथा जघन्य अपराधका रुपमा रहेको मानव बेचबिखनलाई न्यूनीकरण गर्न तीनै तहका सरकारबीच समन्वय र सहकार्यको खाँचो औँल्याए । उनले ओसारपसारका घटना हुन नदिने र भइहालेमा पीडित र प्रभावितलाई उद्धार गरी संरक्षणका लागि पुनःस्थापना केन्द्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । 

 

प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले मानव बेचबिखन तथा ओसारपसारविरुद्धका अभियानमा सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्था र नागरिक समाजको समन्वयको खाँचो औँल्याईन् । 

 

मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ तथा नियमावली २०६५, मानव बेचबिखन विशेष गरी महिला तथा बालबालिकाको बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय कार्ययोजना, २०७१ र अन्तर्राष्ट्रिय सन्धिसम्झौतामा भएका प्रावधान कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।

 

कुनै उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानूनबमोजिमबाहेक मानिसको अङ्ग झिक्नेजस्ता विषय मानव बेचबिखन तथा ओसारपसारमा पर्छन् । उक्त कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियानकर्मी तथा संस्थालाई पुरस्कृत तथा सम्मान गरिएको थियो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement