Advertisement
Advertisement
Advertisement
Advertisement

महिला प्रमुखको घोषणा : ‘नमुना नगरपालिका बनाउँछु’

  |      13:26:00   |  
महिला प्रमुखको घोषणा : ‘नमुना नगरपालिका बनाउँछु’

डोटी ।असार १४ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट दीपायल सिलगढी नगरपालिकामा प्रमुखमा निर्वाचित हुनुभएका मञ्जु मलासीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरिन् । 

७ नम्बर प्रदेशमै एकमात्र स्थानीय तहको प्रमुखमा निर्वाचित भएकी प्रमुख मलासीले दीपायल सिलगढी नगरपालिकालाई नमुना नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।  मञ्जुले भनिन् ँयो नगर नमुना नगरपालिका बन्नेछ ।” दीपायल सिलगढी नगरपालिकामा सबै दल, नागरिक र समुदायलाई मिलाएर लैजाने प्रमुख मलासीले प्रतिबद्धता व्यक्त गरिन् ।  

आफूले महिला, दलित, पिछडिएका समुदायका पक्षमा काम गर्ने मलासीले बताउनुभयो । मलासीले भन्नुभयो ँम, कुराभन्दा पनि काममा विश्वास गर्ने व्यक्ति हुँ, समग्र नगरकोे विकास हुन्छ ।” 

दीपायल सिलगढी नगरपालिकाका प्रमुख मात्र होइन शिखर नगरपालिका प्रमुख सीताराम जोशीले पनि नमुना नगरपालिका बनाउने घोषणा गरेका छन् । सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै जोशीले पनि उक्त प्रतिबद्धता ब्यक्त गरेको हो । 

दुवै प्रमुखले नमुना नगरको योजनाबारे कुनै जानकारी नदिए पनि डोटीका दुवै नगरपालिकाबाट निर्वाचित उहाँहरुले शपथ ग्रहणकै दिनमा नमुना नगरपालिका बनाउने प्रतिबद्धता नागरिक समक्ष व्यक्त गरेका छन । 

स्थानीय तहको निर्वाचनबाट निर्वाचित दीपायल सिलगढी नगरपालिका प्रमुख तथा उपप्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । डोटीको सबैभन्दा पुरानो नगरपालिकामा निर्वाचित प्रमुख मञ्जु मलासी र उपप्रमुख शिवराज खड्कालाई मुख्य निर्वाचित अधिकृत नरनारायण पौड्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गराए । 

दीपायल सिलगढी नगरपालिकाको हलमा आयोजना गरिएको कार्यक्रममा नगरपालिकाका नौवटा वडाबाट निर्वाचित वडा अध्यक्षलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो । 

दीपायल सिलगढी नगरपालिकाका विभिन्न वडाबाट निर्वाचित सदस्यलाई नवनिर्वाचित मञ्जु मलासीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । निर्वाचित सबै पदाधिकारीले ईश्वर, देश र जनताका नाममा शपथ ग्रहण गरेका छन् । 

डोटी शिखर नगरपालिकामा पनि सोमबारै पद तथा गोपनीयताको शपथ ग्रहण गरिएको छ । नवनिर्वाचित प्रमुख सीताराम जोशी र उपप्रमुख धौलीदेवी रावलले पद तथा गोपनीयताको शपद ग्रहण गरेका हुन् । 
शिखर नगरपालिकाका निर्वाचन अधिकृत दमननाथ विष्टले पद तथा गोपनीयताको शपथ ग्रहण गराएको हो । नगरपालिकाका सबै वडाबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो । रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement