माघ २६, चिप्लेढुङ्गा । पोखरामा सम्पन्न टेनिस प्रतियोगिताअन्तर्गत महिला एकलतर्फको उपाधि चीनकी ले यि लिउले जितिन् । फाइनल खेलमा बुल्गेरियाकी भिक्टोरिया भेलेभालाई ६–३, ६–१ को सेटमा पराजित गर्दै लिउले प्रथम स्थान हासिल गरिन् । उनले पनि आइटीएफको ३० अङ्क प्राप्त गरिन् भने दोस्रो भएकी भिक्टोरियाले १८ अङ्क आफ्नो खातामा जोडिन् ।
यस्तै, १८ वर्ष मुनिको डिभिजन पाँच आइटीएफ टेनिस प्रतियोगिताको उपाधि जापानका जेनी इनोले जितेका छन् ।
पोखरा रङ्गशालामा आज सम्पन्न फाइनलमा हङकङका केल लोक इन ताङलाई ६–३, ६–० को सोझो सेटमा पराजित गर्दै जेनीले सो उपाधि हात पारेका हुन् । जितसँगै उनले आइटीएफको ३० अङ्क प्राप्त गरेका छन् । दोस्रो स्थानमा चित्त बुझाएका इन ताङले १८ अङ्क प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत महिला एकलतर्फको उपाधि चीनकी ले यि लिउले जितिन् । फाइनल खेलमा बुल्गेरियाकी भिक्टोरिया भेलेभालाई ६–३, ६–१ को सेटमा पराजित गर्दै लिउले प्रथम स्थान हासिल गरिन् । उनले पनि आइटीएफको ३० अङ्क प्राप्त गरिन् भने दोस्रो भएकी भिक्टोरियाले १८ अङ्क आफ्नो खातामा जोडिन्।
पुरुष डबल्सतर्फ भारतका उदयबिर सिंह र फिलिपिन्सका जोसे एन्टोनियो ट्रियाको जोडीले प्रथम स्थान हासिल ग¥यो । सो जोेडीले फाइनलमा जर्मनका पाउल अर्मिन अल्बे्रच्ट र अमेरिकाका हानु पटेलको जोडीलाई ६–२, ७–५ को सेटमा पराजित गरे । महिला डबल्सतर्फ चीनका लि यु लियु र इतोङ झाङको जोडीले चीनकै क्ङ्गिलिन झाङ र जिछुअन जेङको जोडीलाई ६–४, ६–४ को सेटमा पराजित गर्दै प्रथम हुन सफल भए ।
डबल्सतर्फ प्रथम हुनेले आइटीएफको २५ अङ्क प्राप्त गरे भने दोस्रो हुने जोडीले १३ अङ्क प्राप्त गरेका छन् । विजयी खेलाडीलाई स्थानीय संयोजनकर्ता कास्की जिल्ला टेनिस सङ्घले मेडल पुरस्कार प्रदान गरेको छ । खेलाडीलाई सङ्घका अध्यक्ष दोर्जे लामा, अग्रज पत्रकार नारायण कार्की, प्रतियोगिता संयोजक सूर्यबहादुर भुजेल, कास्की जिल्ला टेनिस अभिभावक सङ्घका पदाधिकारी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
-रासस
वैशाख १० काठमाडौं । संयुक्त राज्य अमेरिकामा कार्यरत नेपाली चिकित्सक डा। रिया बोहरा सन् २०२५...
वैशाख ६ काठमाडौं । मकवानपुर जिल्ला फुटबल संघले महिला गोल्डकप फुटबल प्रतियोगिता गर्ने भएको...
चैत २५ काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अन्जना राना मगर विभागीय टोली...
चैत १७ काठमाडौं । मायामी ओपन टेनिसको उपाधि आर्यना सबालेन्काले जितेकी छन्। शीर्ष...
चैत १ काठमाडौं । युगाण्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो...
चैत १ काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा आज समूह चरणका अन्तिम खेलहरू...
फागुन २८, काठमाडौं । युगाण्डामा जारी वुमन्स डे कप टी-२०आई प्रतियोगिताको आफ्नो चौथो खेलमा...
फागुन २५, काठमाडौं । वुमेन्स डे महिला टि-२० आई सिरिज अन्तर्गत नेपालले घरेलु टोली ...
फागुन २५, काठमाडौं । युगान्डाले नेपाललाई ७६ रनको लक्ष्य दिएको छ । युगान्डा क्रिकेट...