Advertisement
Advertisement
Advertisement
Advertisement

महिला रक्तदाता बढ्न सकेन

  |      14:33:00   |  
वेब तस्विर
वेब तस्विर

साउन १३, काठमाडौं । पुरुषको तुलनामा महिला रक्तदाताको संख्यामा सुधार हुन सकिरहेको छैन । ‘रक्तदान गर्दा स्वास्थ्यमा खासै असर पर्दैन’ भन्ने पर्याप्त जानकारी नहुँदा महिला रक्तदाता संख्या बढ्न नसकेको हो । 

 

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले गत वर्ष ६२ हजार ३५३ युनिट रगत संकलन गरेको थियो । ती मध्ये १० हजार ६८ युनिट महिला र ५२ हजार २८५ पुरुष रक्तदाताबाट संकलन भएको थियो । 

 

अघिल्लो वर्षको तुलनामा महिला रक्तदातामा केही सुधार देखिएको छ । अघिल्लो वर्ष करीब नौ हजार महिलाले रक्तदान गरे । 

 

“महिला रक्तदाताको संख्या बढाउन देशव्यापी अभियानमा जुटिरहेको छ,” नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले भन्नुभयो । 

 

देशव्यापीरुपमा आर्थिक वर्ष २०७४/७५ मा दुई लाख ६२ हजार ४३९ युनिट रगत संकलन भएको थियो । तीमध्ये तीन लाख ४४ हजार ९३३ युनिट रगत तथा रक्ततत्व बिरामीलाई उपलब्ध गराइएको थियो । 

 

हाल ७३ जिल्लाका १०८ स्थानमा रक्तसञ्चार सेवा केन्द्र तथा एकाइबाट रक्त संकलन भइराखेको छ । ती रक्तदातामध्ये ६६ जनामा एचआइभी पोजेटिभ देखिएको छ । केन्द्रका अनुसार हेपाटाइटिस बी र सी देखिएका रक्तदाताको संख्या क्रमशः ४६६ र ३५१ छ । नेपालभर ३।१० प्रतिशत रक्तदातामा ए, बी, ओ र एबी नेगेटिभ रहेको जनाइएको छ । तर उपत्यकामा भने नेगेटिभ रक्तसमूह हुने रक्तदाता २।९ प्रतिशत रहेको बताइएको छ। 

 

नेपालमा विसं २०२३ साउन १२ गते नेपाल रेडक्रस रक्तसञ्चार सेवा केन्द्रको स्थापना भएको थियो । सो वर्ष १५७ युनिट रगत संकलन भयो । काठमाडौँ उपत्यकाभित्र सबैभन्दा बढी रगत खपत हुने गर्दछ । 

 

यसैबीच, केन्द्रको ५२ औं स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी आइतबार मनाइयो । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष थापाले रक्तसञ्चार सेवा र वितरणलाई अझ गुणस्तरीय बनाउन सोसाइटीले उच्च प्राथमिकता दिएको चर्चा गर्दै रक्तसञ्चार सेवामा सरकारको लगानी बढाउँदै लान आग्रह गर्नुभयो । 

 

केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा हरिशचन्द्र उप्रेतीले ५२ वर्षदेखि रक्तसञ्चार सेवामा केन्द्रले राम्रो काम गर्दै आएको बताउनुभयो । केन्द्रका प्रमुख डा मनिता राजकर्णिकारले अझै १८ प्रतिशत रगत सेवा बिरामीको आफन्तबाट सोध भर्ना गर्नुपरेको अवस्थालाई अन्त्य गर्न केन्द्रले जोड दिइराखेको छ भन्नुभयो । 

 

कार्यक्रममा सोसाइटीद्वारा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमका संयोजक उमेश ढकाल, प्रदेशसभा सदस्य नरोत्तम वैद्य, आइसीआरसीका प्रतिनिधि प्रमेश पौडेल, नेपाल रेडक्रसका महामन्त्री देवरत्न धाख्वा र उममहामन्त्री हरि न्यौपानेले रक्तसेवा केन्द्रका गतिविधिबारे चर्चा गर्नुभयो । 

 

नेपाल रेडक्रसले केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका अतिरिक्त विराटनगर, पोखरा, नेपालगञ्ज, कैलाली र चितवन पाँच स्थानमा क्षेत्रीय रक्तसञ्चार सेवा, २२ जिल्लामा जिल्लास्तरीय, ४७ जिल्लामा आकस्मिक तथा ३८ वटा अस्पतालमा रक्तसञ्चार सेवा एकाइको सञ्चालन भइराखेको सोसाइटीका सञ्चार अधिकृत दीव्यराज पौडेलले जानकारी दिनुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement