Advertisement
Advertisement
Advertisement
Advertisement

महिला सशक्तीकरणका विविध क्षेत्रमा योगदान पुर्‍याउने ४ हजार ६९६ महिला तथा बालिका सम्मानित

  |      10:09:00   |  
महिला सशक्तीकरणका विविध क्षेत्रमा योगदान पुर्‍याउने ४ हजार ६९६ महिला तथा बालिका सम्मानित
असोज २९ , काठमाडौं । भारतको उत्तर प्रदेशमा महिला तथा बालिकाको योगदानको कदर गर्दै ४ हजार ६९६ जनालाई सम्मान गरिएको छ। ‘मिसन शक्ति ६।०’ अभियानअन्तर्गत शिक्षा, खेलकुद, स्वास्थ्य, सामाजिक सेवा तथा साहसिक कार्यमा उल्लेखनीय योगदान पुर्‍याउने महिला तथा बालिकालाई सम्मान गरिएको हो।
अभियानअन्तर्गत ६ हजार ५७२ महिला एनसीसी क्याडेटलाई ट्राफिक प्रहरीसँगै सडक सुरक्षा तथा सवारी व्यवस्थापनमा परिचालन गरिएको छ। प्रदेशका विभिन्न जिल्लामा सञ्चालन गरिएको अभियानमा महिला खेलाडी, प्रतिभाशाली विद्यार्थी, अपाङ्गता भएका महिला, चिकित्सक, नर्स, शिक्षिका तथा सामाजिक कार्यकर्तालाई सम्मान गरिएको थियो।
सम्मानित हुनेमध्ये मेरठकी दृष्टिविहीन विद्यार्थी रिदा जेहरा पनि छिन्। उनले भगवद्गीता तथा हिन्दी र संस्कृतका विभिन्न पाठ कण्ठस्थ गरेकी छन्। त्यसैगरी, नहरमा हाम फालेकी ४५ वर्षीया महिलाको उद्धार गरेकी महिला प्रहरी निरीक्षक निवेश कुमारी र राष्ट्रियस्तरको पेन्काक सिलाट प्रतियोगितामा उत्तर प्रदेशको प्रतिनिधित्व गरेकी १३ वर्षीया हिमांशीलाई पनि सम्मान गरिएको छ।
सडक सुरक्षा अभियानअन्तर्गत १ हजार ९५६ प्रमुख चोकमा महिला एनसीसी क्याडेट र महिला प्रहरी परिचालन गरिएको थियो। उनीहरूले सर्वसाधारणलाई ट्राफिक नियम पालना गर्न, हेल्मेट लगाउन र जिम्मेवार ढङ्गले सवारी चलाउन आग्रह गर्दै ६३ हजार ५७४ सडक सुरक्षा सचेतनामूलक सामग्री वितरण गरेका थिए।
अभियानअन्तर्गत अक्टोबर १५ मा साइबर सुरक्षा कार्यशाला सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरिएको छ। उक्त कार्यशालामा सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ब्ल्याकमेलिङ तथा साइबर ठगीबाट बच्ने उपायबारे विद्यार्थी र युवालाई जानकारी दिइनेछ।
महिला तथा बालिकाको सुरक्षा, सम्मान, आत्मनिर्भरता र सशक्तीकरणलाई प्राथमिकता दिँदै सञ्चालन गरिएको ‘मिसन शक्ति ६.०’ अभियान अक्टोबर ११ देखि २० सम्म जारी रहनेछ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement