Advertisement
Advertisement
Advertisement
Advertisement

महिला हिंसा अन्त्यलाई प्राथमिकता दिने स्कटल्यान्ड सरकारको प्रतिबद्धता, कार्यान्वयनमा जोड

  |      13:29:00   |  
web image
web image
भदौ १६ , काठमाडौं । स्कटल्यान्ड सरकारले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यलाई आफ्नो आगामी कार्यकालको प्रमुख प्राथमिकतामध्ये एक बनाउने प्रतिबद्धता जनाएको छ। प्रथम मन्त्री जोन स्विनीले सरकारको आगामी कार्यक्रम सार्वजनिक गर्दै महिला तथा बालिकाविरुद्धको हिंसा अन्त्यलाई सरकारको केन्द्रमा राख्ने बताएका हुन्।
स्कटल्यान्डमा घरेलु हिंसा र यौन अपराधका घटना बढिरहेका बेला सरकारको यस्तो प्रतिबद्धता आएको हो। प्रहरीमा दर्ता भएका बलात्कार तथा बलात्कार प्रयास, यौन दुर्व्यवहार र अश्लील व्यवहारसम्बन्धी अपराध गत वर्ष १० प्रतिशतले बढेको र सन् १९७१ यताकै उच्च स्तरमा पुगेको रिपोर्टमा उल्लेख छ।
महिला अधिकार अभियन्ता तलत याकुबले भने कानुन र नीति बने पनि त्यसको प्रभावकारी कार्यान्वयनमा समस्या रहेको बताएकी छन्। उनका अनुसार प्रहरी तथा अभियोजन निकायमा आवश्यक संस्थागत परिवर्तन, पर्याप्त तालिम र स्रोतको अभावका कारण कानुनले अपेक्षित परिणाम दिन सकेको छैन।
प्रविधिको विकाससँगै महिला तथा बालिकामाथि हुने हिंसाका नयाँ स्वरूपसमेत थपिएको अभियन्ताहरूको भनाइ छ। ‘डिपफेक’, निजी तस्बिरको दुरुपयोग, अनलाइन दबाब तथा निगरानीजस्ता गतिविधिले महिला हिंसालाई थप जटिल बनाइरहेको जनाइएको छ।
स्कटल्यान्डले घरेलु हिंसामा जबर्जस्ती नियन्त्रणलाई अपराधीकरण गर्ने कानुन तथा पीडितलाई सहयोग गर्ने विभिन्न कार्यक्रम अघि बढाइसकेको छ। सन् २०२५ मा न्याय सुधारसम्बन्धी ऐतिहासिक कानुनमार्फत ‘नट प्रोभन’ भन्ने अदालती फैसला विकल्पसमेत हटाइएको थियो।
अभियन्ताहरूले अब नयाँ नीति र प्रतिबद्धतासँगै पर्याप्त बजेट, प्रभावकारी कार्यान्वयन, प्रहरी तथा न्यायिक निकायको क्षमता विकास र समुदायस्तरका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनीहरूका अनुसार महिला हिंसा अन्त्यका लागि सरकारी प्रतिबद्धता मात्र पर्याप्त नभई समाजका सबै तहको सक्रिय सहभागिता आवश्यक छ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement