Advertisement
Advertisement
Advertisement
Advertisement

महिला क्रिकेट शृंखला : प्रदर्शनमा सुधार आएपनि कहाँ चुकिरहेको छ नेपाल ?

  |      13:35:00   |  
महिला क्रिकेट शृंखला : प्रदर्शनमा सुधार आएपनि कहाँ चुकिरहेको छ नेपाल ?

माघ २१ काठमाडौं । जारी शृंखलामा नेपालले आफ्ना तीन खेलहरू खेलिसकेको छ जहाँ तीनवटैमा पराजित भएको छ । नेपालले नेदरल्याण्डसलाई दुई खेल सुम्पिँदा थाइल्याण्डसँग एक खेलमा पराजित भएको छ । यी हारले नेपालको शृंखला जित्ने सम्भावना कमजोर बनिसकेको छ । 
नेपालमा लामो समयपछि महिला अन्तर्राष्ट्रिय क्रिकेट फर्किएको छ । काठमाडौंमा अघिल्लो सातादेखि नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी(२०आई शृंखला सुरू भएको छ ।

सबै टोलीले एक अर्कासँग ३(३ खेल अर्थात् एक टोलीलाई ६ खेल खेल्ने व्यवस्थासहित आयोजित शृंखलामा नेपालले आफ्ना तीन खेलहरू खेलिसकेको छ जहाँ तीनवटैमा पराजित भएको छ ।
नेपालले नेदरल्याण्डसलाई दुई खेल सुम्पिँदा थाइल्याण्डसँग एक खेलमा पराजित भएको छ । यी हारले नेपालको शृंखला जित्ने सम्भावना कमजोर बनिसकेको छ ।

विगतको तुलनामा टोलीको प्रदर्शनमा सुधार आएको भएपनि नेपाली टोलीको फिनिसिङदेखि लिएर केही कुरामा अझै आवश्यक सुधार हुन नसक्दा तीनवटै खेलमा पराजित भएको छ ।
जारी शृंखलामा नेपाल अझै पनि केके कुराहरूमा चुकिरहेको छ त रु आज चर्चा गर्नेछौं ।

ब्याटिङ अर्डर
नेपालको ब्याटिङमा पहिलेका खेलहरूमा भन्दा धेरै नै सुधार देखिएको छ । पहिले बनाउनेभन्दा नेपालले रनगति र स्कोरिङ क्षमता दुवैमा सुधार गरेको छ । तर ब्याटिङ अर्डर असमान हुँदा ब्याटरको प्रदर्शनमा प्रत्यक्ष असर परिरहेको छ ।

नेपालले पहिलो खेलमा ठुलो स्कोर चेज गर्दा सीता राना मगर र सम्झना खड्का ओपनिङमा आएका थिए भने कप्तान इन्दु बर्मा त्यसपछि अनि कविता कुँवर, रुबिना क्षेत्री र पुजा महतो आएका थिए ।

दोस्रो र तेस्रो खेलमा ममता चौधरीले सम्झनासँग ओपन गरिन् भने दोस्रो खेलमा इन्दु वान डाउन र पुजा २ डाउनमा आउँदा तेस्रो खेलमा पुजा वान डाउन र इन्दु २ डाउन आएकी थिइन् । सीता त्यसपछिका दुई खेलमा भने तल्लोक्रममा नै आइन् ।
यो ब्याटिङ अर्डरमा लगातार परिवर्तन गरिरहनुका पछाडि प्रशिक्षकको केही एक्सपेरिमेन्ट पनि हुन सक्छ वा अवस्था अनुसार चान्स लिएको हुन सक्छ । तर यसले खेलको नतिजामा भने कुनै परिवर्तन ल्याएको छैन ।

एउटा फिक्स्ड ब्याटिङ अर्डर नभएमा त्यसले ब्याटरहरूको प्रदर्शनमा असर गरेको हुन्छ । कम्तिमा पनि चार नम्बरसम्मका ब्याटरहरूको पोजिशन निश्चित हुनुपर्छ ।

पुजाले यसअघि तल्लोक्रममा खेल्ने गरेकी थिइन् । उनी निडर भएर ठुला शटहरू खेल्न सक्षम हुने भएकाले उनलाई रुबिनाभन्दा पछाडि ल्याउँदा नै उपयुक्त हुन्छ । ओपनिङमा सम्झना र ममता तथा त्यसपछि इन्दु र रुबिना अनि पुजा, सीता र कविता जोशी फिनिसर हुन सक्छन् ।

रनिङ बिटवीन विकेट
नेपाली ब्याटरहरूको रनिङ बिटवीन द विकेट केही फितलो देखिएको छ । यसमा खेलाडीहरूको फिटनेसको पनि समस्या देखिएको छ ।

मिडल ओभरहरूमा सिङ्गल डबल गर्दै बाउन्ड्रीहरूको पनि आवश्यकता रहन्छ । रनिङ बिटवीन द विकेटमा कम्युनिकेशन र प्रेजेन्स अफ माइन्डको पनि आवश्यकता हुन्छ ।
नेपाली ब्याटरहरू फिल्डरको हातमा बल हुँदा सिङ्गल लिन दौडिएर रनआउट भइरहेका हुन्छन् । त्यसैगरी २ रन पूरा गर्न सक्ने अवस्थामा द्विविधामा देखिइरहेका हुन्छन् ।

आइतबारको खेलमा रनिङमा केही सुधार देखिएको थियो । तर अन्तिममा फिनिसिङमा चुक्दा नेपालले लगातार तेस्रो हार व्यहोरेको थियो ।

ब्याटिङ अर्डर निश्चित बनाउन सके रनिङ बिटवीन द विकेटको समस्या पनि त्यसैसँग समाधान हुन्छ ।

फितलो बलिङ
नेपाली टोलीको बलिङ पनि त्यति बलियो देखिएको छैन । पहिलो खेलमा फितलो बलिङकै कारण नेपालले धेरै रन व्यहोरेको थियो । उक्त खेलमा डेब्यू गरेपनि बाँयाहाते स्पीनर मनिषा उपाध्यायले बलिङ गरिनन् ।

दोस्रो खेलमा पनि मनिषाले किफायती बलिङ गर्दा अन्य बलहरूबाट खास योगदान हुन सकेन । तेस्रो खेलमा सीता राना मगरले ५ विकेट लिएर रनगति कम गर्दै नेदरल्याण्ड्सलाई करिब २० देखि २५ रन कममै रोक्न सहयोग गरिन् ।

बलिङमा केही कसिलो हुन सके स्कोर डिफेन्ड गर्दा ब्याटरहरूलाई दबाब कायम गरी खराब शटहरू खेलाएर आउट गर्न सकिन्छ । त्यसैगरी जति कम योगफलमा रोक्न सक्यो त्यति दोस्रो इनिङमा ब्याटिङ गर्न सहज हुन्छ ।

फितलो फिल्डिङ
नेपाली टोलीको फिल्डिङ पनि केही फितलो देखिएको छ । विकेटकिपरले स्टम्पिङ मिस गर्ने, फिल्डरले बल कन्ट्रोल गर्न नसक्दा विपक्षीले सिङ्गललाई डबलमा परिणत गरेको देखिन्छ ।

थाइल्याण्डसँगको खेलमा पनि मिसफिल्ड र एउटा महत्वपूर्ण क्याच छाड्नु नेपालका लागि महंगो साबित भएको थियो । पूर्वकप्तान रुबिनाको बलमा कप्तान इन्दुले लङअफमा सेट ब्याटरको क्याच छाड्दा नेपाल जितबाट टाढा बनेको थियो ।
त्यस्तै किपरबाट मिस भएर बाईको रूपमा बल चौकाका लागि गइरहेको हुन्छ । सिनियर टिमका लागि डेब्यू शृंखला खेलिरहेकी अलिशा यादवले सेट हुन केही समय लिइरहेकी छन् ।

खेल जित्नका लागि ब्याटिङ र बलिङसँगै फिल्डिङको पनि उति नै भूमिका हुन्छ । त्यसकारण फिल्डिङमा सुधार हुन सके विपक्षी ब्याटरहरूलाई रन लिन नदिन दबाब दिन सकिन्छ ।

जिम्मेवार ब्याटिङको कमी
कुनै पनि टोलीको जितका लागि ब्याटिङमा जिम्मेवार भएर खेल्न जरुरी हुन्छ । विशेषगरी टप अर्डरका ब्याटरहरूले जिम्मेवार भएर खेल्नुपर्ने हुन्छ ।

टप अर्डर नचल्दा मिडल अर्डरमा दबाब पर्छ र उनीहरू पनि ठुलो शट खेल्ने धुनमा आउट भइरहेका हुन्छन् भने रिस्की सिङ्गल लिने क्रममा रनआउट हुने गर्छन् ।

आइतबारको खेलमा इन्दुले अलि समय क्रिजमा टिकेर स्ट्राइक रोटेट गर्दै नेपालको आशा जीवितै राखेकी थिइन् । तर लगातार दुई अनुभवी ब्याटरहरूको विकेट गुम्दा इन्दु पनि ठुलो शट खेल्ने धुनमा आउट भइन् ।
ब्याटरहरूले स्ट्राइक रोटेट गर्दै पार्टनरसीप बनाउँदै इनिङ बिल्ड गर्ने र सँगसँगै स्कोरबोर्डलाई पनि ध्यानमा राखेर शटहरू खेल्नुपर्ने हुन्छ ।

स्कोरबोर्डको प्रेसरलाई ह्‍यान्डल गर्न नसकेमा ब्याटरहरू खराब शटहरू खेलर आउट हुने गर्छन् । त्यसकारण सिनियर खेलाडीले जिम्मेवार इनिङ खेल्न जरुरी हुन्छ ।
८८८
नेपालले अब मंगलबार थाइल्याण्ड, बुधबार नेदरल्याण्ड्स तथा शुक्रबार थाइल्याण्डसँग अन्तिम खेल खेल्ने छ । नेपाललाई तीनवटै खेल जित्नुपर्ने दबाब रहनेछ ।

विशेषगरी कमजोरीहरूलाई सुधार गरी त्यसैअनुसारको योजना बनाएर खेल्न सके नेपालले अब बाँकी तीनवटै खेल जितेर शृंखला जित्ने सम्भावना अझै पनि कायमै राख्न सक्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement