भदौ १०, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले क्वालालम्पुरमा शनिबार सम्पन्न फाइनलमा हङकङलाई १३ रनले पराजित गर्दै चार देश सम्मिलिन गदै'महिला ट्यान्टि -२० सिरिज' को उपाधि जितेको छ । नेपालले दुई भन्दा बढि देश सहभागी प्रतियोगिताको उपाधि जितेको छ । नेपालले दुईभन्दा बढी सहभागी प्रतियोगिताको उपाधि पहिलो पल्ट जितेको हो ।
आइसीसी महिला ट्यान्टि- २० विश्वकप २०२४ एसिया छनोट खेल्ने तयारीमा आयोजित सिरिज जितेपछि नेपाली टोलीका मुख्य प्रशिक्षक सामसनजंग थापाले भने , यो सुरुवात जस्तै हो ।
हामी अझै राम्रो गर्न सक्छौं । सबै भन्दा महत्व पूर्ण ग्लोबल क्यालिफयर (विश्वकप छनोट ) मा छनोट हुन्, हो । अहिले सबै टिम राम्रा छन् ,आ-आफ्नो स्तर बढाइरहेका छन् । त्यसैले महिला क्रिकेटमा केहि भन्न सकिदैन तर यो सिरिज जितेपछि खेलाडीको मनोबल उच्च रहेको छ ,टिम सेट हुदैगरेको छ ।सबैको आत्मा विश्वास वढेको छ ।
क्वालाल्क्पुरस्थित वायुमु ओभलमा टस जिते फिल्डिङ रोजेको नेपलले प्रभावशाली बलीङ गदै हङकङलाई १०१ -६ मा सीमित पारेको थियो । लेग स्पिनर खुसी डंगोलले उत्कृष्ट प्रर्दशन गदै ३ विकेट लिइन् कविता जोशी र कस्मिना कर्माचार्यले एक-एक विकेट लिइन् ।जितका लागि १ सय २ रनको लक्ष्य पछ्याएको नेपाले ओपनर ब्याटर काजल श्रेक्ष्ठलाई शून्यमा गुमायो तर इन्दु बर्माले १९ र सीता रानामगरले १३ रन बनाउदै ५.३ आभरमा नेपाललाई ३७-१ को स्थितिमा पु¥याएपछि पानी पर्न थाल्यो र पुन :खेल सुचारु हुन सकेन । त्यसैले डर्कवर्थ लुइस पद्वतिका आधारमा १३ रनको जित सहित नेपाललाई जित घोसणा गरको हो । नेपालले समूहचरणमा पनि हङहङलाई ६ विकेटले हराएको थियो । अलराउन्ड उत्र्कष्ट प्राप्त गरेकी इन्दुले प्लेयर अफ द सिरिजको अवार्ड हात पारिन ।
थापाले प्रशिक्षकका रुपमा टिम सम्हालेको पहिलो प्रतिस्पर्धामै नेपालले गत जेठमा मलेसिया विरुद्व ट्यान्टि-२० सिरिजको उपाधि जितेको थियो ,जुन नेपाली सिनियर महिला उपाधि हो । यसअघि नेपाली टिम एसीसी ट्रफी २००७ (मलेसिया ) र आइसीसी वुमेन्स ट्यान्टि- २० वर्ल्डकप २०१७ एसिया क्यालिफायर (हङकङ)मा उपविजेता भएको थियो ।
मलेसियाले बागिमा भएको पाँच खेलको सिरिज नेपालले ३ - २ जे कब्जा गरेको थियो । थापाले टिम सम्हालेयता टिममा थुप्रै परिवर्तन भएको छ । यसक्रममै चार देश सम्मिलित सिरिजको ट्रफि जित्दै नेपालले विश्वकप २०२४ एसिया छनोटमा राम्रो गर्न सक्ने सम्भवना देएिको छ ।'स्तरीय ब्याटिङ,अनुशासित बलिङ र राम्रो फिलिङ गरेर कमीकमजोरी सुधार गर्ने हो भने छनोटमा राम्रो गर्न सक्छौ' प्रशिक्षक थापाले भने 'ग्लोबल क्यालिफायरमा पुग्ने लक्ष्य लिएर हिँडेका छौं । हामी सबैको उत्साह बडेको छ । '
वैशाख ३० काठमाडौं । थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया छनोट अन्तर्गत...
वैशाख २८ काठमाडौं ।दिक्तेल बजारमा आयोजना गरिएको ‘दोस्रो बृहत् खोटाङ-हलेसी खेलकुद,...
वैशाख २६ काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले विश्वकप खेल्ने लक्ष्यसहित आजदेखि �...
वैशाख २६ काठमाडौं । थाइल्याण्डमा शुक्रबारदेखि आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट सुरु...
वैशाख १९,काठमाडौं । काठमाडौंका सुमन घले र काठमाडौंकै सम्पदा सिवाकोटी तेस्रो बागमती प्रदेश...
वैशाख १८,काठमाडौं । सानिमा रिलायन्स लाइफले तेस्रो संस्करणको ‘सी स्ट्राइक्स–कर्पोरेट...
वैशाख १७,काठमाडौं । यही वैशाख १९ देखि हुने सातौँ स्थानीय तह मकवानपुर राष्ट्रिय महिला गोल्डकप...
वैशाख १० काठमाडौं । संयुक्त राज्य अमेरिकामा कार्यरत नेपाली चिकित्सक डा। रिया बोहरा सन् २०२५...
वैशाख ६ काठमाडौं । मकवानपुर जिल्ला फुटबल संघले महिला गोल्डकप फुटबल प्रतियोगिता गर्ने भएको...