काठमाडौं। राष्ट्रिय खेलकुदको दोस्रो दिन शनिबार महिला शटपुटमा चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमान कायम गर्दा एपीएफ क्लबका पर्शुराम बाँस्तोलाले कराँतेको एकल कातामा स्वर्णपदक जितेका छन् । पुलिसकी चन्द्रकलाले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार्दै ११।५६ मिटर थ्रो को कीर्तिमान राखिन् ।
राष्ट्रिय खेलकुद प्रतियोगितामा पर्शुरामले लगातार तीन स्वर्ण जित्दै ह्याट्रिक गरेका छन् । विराटनगरको सहिद रंगशालामा उनले आर्मीका डम्बरबहादुर आलेमगरलाई पछि पार्दै स्वर्ण जितेका हुन् । पर्शुरामले पाँचौं र छैटौं राष्ट्रिमा स्वर्ण जितेका थिए । सुदूरपश्चिमका ललित र मध्यमाञ्चलका सुमन पुलामीमगरले कांस्य जिते ।
त्यसैगरी महिला एकल कातामा प्रहरीकी निर्मला तामाङले स्वर्ण जितिन् । उनले मध्यमाञ्चलकी अप्सरा मोक्तानलाई निराश पार्दै स्वर्ण जितेकी हुन् । एपीएफकी सरिता श्रेष्ठ र सुदूरपश्चिमाञ्चलकी वर्षा साउदले कांस्यमा चित्त बुझाए । पुरुष टिम कातामा पनि एपीएफले बाजी मार्यो । उसले अर्को विभागीय टिम आर्मीको चुनौती पन्छाउँदै स्वर्ण हात पार्यो । यो इभेन्टमा पूर्वाञ्चल र पश्चिमाञ्चलले कांस्य जिते ।
वैशाख १७,काठमाडौं । यही वैशाख १९ देखि हुने सातौँ स्थानीय तह मकवानपुर राष्ट्रिय महिला गोल्डकप...
वैशाख १० काठमाडौं । संयुक्त राज्य अमेरिकामा कार्यरत नेपाली चिकित्सक डा। रिया बोहरा सन् २०२५...
वैशाख ६ काठमाडौं । मकवानपुर जिल्ला फुटबल संघले महिला गोल्डकप फुटबल प्रतियोगिता गर्ने भएको...
चैत २५ काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अन्जना राना मगर विभागीय टोली...
चैत १७ काठमाडौं । मायामी ओपन टेनिसको उपाधि आर्यना सबालेन्काले जितेकी छन्। शीर्ष...
चैत १ काठमाडौं । युगाण्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो...
चैत १ काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा आज समूह चरणका अन्तिम खेलहरू...
फागुन २८, काठमाडौं । युगाण्डामा जारी वुमन्स डे कप टी-२०आई प्रतियोगिताको आफ्नो चौथो खेलमा...
फागुन २५, काठमाडौं । वुमेन्स डे महिला टि-२० आई सिरिज अन्तर्गत नेपालले घरेलु टोली ...