पुस १९, काठमाडौं। एन्फा महिला लिगमा आज विभागीय टीम नेपाल पुलिस र वालिङ नगरपालिकाबीच खेल हुने छ। खेल दिउँसो ३ बजे एन्फा कम्प्पेक्स सातदोबाटोमा सुरु हुनेछ।
हिजो सुरु भएको लिगको अन्तिम चरणको खेलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ। आर्मीले बागमती युथ क्लबलाई २–० गोलले पराजित गरेको हो।
विभागीय तीनसहित १० टोलीले एन्फा महिला लिगमा गत भदौ र असोजमा राउन्ड रोबिनको आधारमा पहिलो चरणमा प्रतिस्पर्धा गरेका थिए।
४५ खेलपश्चात् एपिएफ, आर्मी, नेपाल पुलिस क्लब, वालिङ नगपालिका र कोसीले शीर्ष ५ मा स्थान बनाएका थिए। तर कोशीले अन्तिम चरणको खेल नखेल्ने भएपछि छैटौँ स्थानको बागमतीले अवसर पाएको हो। महिला लिग माघ १६ गतेसम्म चल्नेछ।