Advertisement
Advertisement
Advertisement
Advertisement

महिला र बालबालिका हराउने क्रम बढ्दो

  |      18:14:00   |  
वेब तस्विर
वेब तस्विर

बसन्ता भट्ट ►

बेसिशहर । लमजुङबाट वर्षेनी दर्जनौ बालबालिका र युवतिहरु हराउने गरेको जिल्ला प्रहरी कार्यालयको भनाई छ । हराएका मध्ये महिला तथा बालबालिकाहरु कमै मात्रामा भेटिने गरेका छन् । हराएका मध्ये अधिकांशको अवस्था के कस्तो छ भन्ने विषयमा जिल्लास्थित सम्वन्धित निकाय भने बेखबर जस्तै बनेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष ७३/७४ मा ६१ जना महिला तथा बालाबालिका हराएका छन् । जसमध्ये ४० जना महिला, १२ जना बालिका र ९ जना बालक रहेका छन् । हराएका मध्ये १४ जना महिला, ५ बालिका र ३ बालक गरि २२ जना फेला परेको प्रहरी नायव उपरिक्षक समिरचन्द्र खरेलले जानकारी दिनुभयो । 

आर्थिक वर्ष ०७२/०७३ मा जिल्लाबाट भने २८ जना महिला र १८ जना बालबालिका हराएका थिए । यी मध्ये ८ महिला र ९ जना बालवालिका फेला परेपनि अरु नभेटीएको प्रहरीको तथ्याङक छ । त्यसैगरी आर्थिक वर्ष ०७१/७२ मा ५७ जना महिला र ११ जना बालवालिका हराएकोमा १४ महिला र ४ जना बालबालिका मात्रै फेला परेका थिए ।

जिल्लाबाट हराउनेमध्ये जनजाति तथा दलित समुदायका महिलाहरु बढि भएको जिल्ला प्रहरी कार्यालय अन्र्तगत महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख नन्दु अधिकारीले बताउनुभयो । प्रमुख अधिकारीका अनुसार घरबाट हिँड्नसाथ प्रहरीमा उजुरी दिने तर पछि अन्तै विवाह गरेर गएको थाहा पाएपछि उजुरी कर्ता प्रहरीको सम्पर्कमा नआउने समस्याले गर्दा फेला परेका व्यक्तिको रेर्कड कम देखिएको हो ।

प्रहरीमा परेका उजुरी मध्ये वैदेशिक रोजगारमा गएका युवाको श्रीमतीहरु बढी मात्रामा हराएको देखिएको छ । हराएका कतिपय महिला तथा बालबालीका को मार्फत कहाँ जान्छन् र के गर्दै छन् भन्ने विषय सबैको चासोको विषय बनेको छ । प्रहरीले भने हराएका महिला तथा बालबालिकाको खोजी कार्य जारी रहेने जनाएको छ । महिला खबरमा प्रकाशित ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement