Advertisement
Advertisement
Advertisement
Advertisement

महिलालाई रोग नलुकाउन आग्रह

  |      22:42:00   |  
महिलालाई रोग नलुकाउन आग्रह

फागुन १३, चिप्लेढुङ्गा । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलालाई रोग नलुकाई स्वस्थ्य जीवनयापनमा सजग हुन आग्रह गर्नुभएको छ । पोखरा महानगरपालिका शहरी स्वाथ्य केन्द्रद्वारा आयोजित महिलाको पाठेघरको मुख तथा स्तन क्यान्सरसम्बन्धी सचेतना तथा परीक्षण कार्यक्रम गुरुङले महिलाले आफ्नो रोग लुकाउने र खुलेर आफ्नो समस्या नराख्दा स्वास्थ्य जोखिममा हुने गरेको र ज्यान गुमाउनुपरेको बताउँदै नेपालमा दुई लाख महिलाको मृत्यु पाठेघरको अर्बुदरोगबाट हुने गरेको तथा यसमा विश्वमा नेपाल दोस्रो स्थानमा रहेकाले यसबाट बच्न खानपान र स्वस्थ जीवनशैली अपनाउन आग्रह गर्नुभयो । 


गुरुङका अनुसार कसैलाई अर्बुदरोग भएको प्रमाणित भएमा महानगरपालिका एवं गाउँपालिकाको सिफारिसमा नेपाल सरकारले रु एक लाख बराबरको उपचार सेवा निःशुल्क गराएको छ । सत्तरी वर्षभन्दा माथि उमेरकालाई पनि सेकाइ निःशुल्क हुने गरेको छ । 


सो अवसरमा डा प्रेमराज पंगेनीले पाठेघरको मुखको अर्बुदरोगबारे १० वर्ष अगाडि नै जानकारी हुने भएकाले पहिल्यै परीक्षण गर्न आग्रह गर्नुभयो । महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जनचेतनाको अभावले गर्दा कतिपय दिदीबहिनीले आफ्नो रोग लुकाउने र परिवारका सदस्यले साथ नदिने गर्दा अन्तिम अवस्थामा मात्रै परीक्षण गर्न आउने गरेको बताउनुभयो । 


यसैबीच महानगरले शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने भएको छ । दमकल मार्ग नयाँ बजारमा १० प्रकारका स्वास्थ्य सेवा निःशुल्क रुपमा उपलब्ध गराउने गरी केन्द्र सञ्चालनमा ल्याउने भएको हो । बहिरङ्ग सेवा, मातृशिशु सेवा, सरुवा रोगको रोकथाम र उपचार, नसर्ने रोग र स्वस्थ जीवनशैली, आयुर्वेद र परम्परागत औषधि, स्वस्थ वातावरण प्रवद्र्धन, महामारी एवम् विपद् व्यवस्थापन, ज्येष्ठ नागरिक स्वास्थ्योपचार सेवा र उपचारका लागि सिफारिस गर्ने लगायत १० प्रकारका सेवा दिने गरी केन्द्र स्थापना गरिएको शहरी स्वाथ्य केन्द्रका प्रमुख मधुमाया तिमिल्सिनाले जानकारी दिनुभयो । 


अहिले भौतिक पूर्वाधार निर्माणको काम भइरहेको र पूर्वाधार निमार्णसँगै दक्ष जनशक्तिबाट सेवा प्रदान गरिने केन्द्रका जनस्वास्थ्य अधिकृत नवराज पौडेलले जानकारी दिनुभयो ।

- रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement