Advertisement
Advertisement
Advertisement
Advertisement

महिलाको नाममा जग्गा पास गर्ने क्रम बढ्दै

  |      12:14:00   |  
वेब तस्विर
वेब तस्विर

साउन २३, बैतडी ।  पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्ने क्रम बढ्दै गएको छ । 

 

महिलाको नाममा जग्गा पास गर्दा लाग्ने शुल्कमा सरकारले छुटको व्यवस्था गरेका कारण यो क्रम बढ्दै गएको हो । पहिला महिलाको नाममा जग्गा पास गर्ने चलन थिएन । पछिल्लो समयमा केही मात्रामा भए पनि महिलाको सम्पत्तिमा पहुँच पुग्न थालेको छ ।

 

आर्थिक वर्ष २०७३/७४ मा ७९ महिलाको नाममा जग्गा पास भएको थियो । आव २०७४/७५ मा ९२ महिलाको नाममा जग्गा पास भएको जिल्ला मालपोत कार्यालयका कम्प्युटर अपरेटर अनिल चन्दले जानकारी दिए। गत आवमा एक दम्पतीले संयुक्तरूपमा जग्गाको लालपुर्जा लिएका छन् । 

 

नेपालको संविधान २०७२ को धारा ३८ को उपधारा ६ मा सम्पत्ति तथा पारिवारिक मामिलामा महिलाको समान हक हुने कुरा उल्लेख गरिएको छ । अशिक्षा, जनचेतनाको अभाव र स्वयं महिलाको अग्रसरताको कमीका कारण महिलाको सम्पत्तिमा न्यून पहुँच रहेको पाइन्छ । शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्द सम्पत्तिमा पहुँच पु¥याउनका लागि नेतृत्व तहमा पुगेका महिलाले पहल गर्नुपर्ने बताउछिन् । “पहिलादेखि नै पुरुषको नाममा जग्गा दर्ता गर्ने र उनीहरूलाई नै सम्पत्तिको हकदार ठान्ने चलन थियो,” उनले भनिन् । 

 

सुर्नया गाउँपालिकाका उपाध्यक्ष लीला बिष्ट सबै स्थानीय तहमा महिलाको पहुँच भएका कारण स्रोेत तथा सम्पत्तिमा महिलाको पहुँच पुगेको बताउछिन् । “हामी यसका लागि अझै पहल गर्छौं” उनले भनिन्। 

 

महिलाको नाममा जग्गा पास गर्दा राजश्वमा २५ प्रतिशत छुट दिने सरकारले व्यवस्था गरेको छ । महिलाको नाममा भएको लालपूर्जालाई एक महिनाभित्रै संयुक्त नाममा बनाउन सकिने र त्यसका लागि रु. एक सय मात्रै खर्च लाग्ने नियम छ । महिला र पुरुष दुवैको नाममा संयुक्त लालपूर्जा बनाएमा पनि सरकारले राजश्वमा २५ प्रतिशत नै छुटको व्यवस्था गरेको जिल्ला मालपोत कार्यालयले जनाएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement