भाद्र २५, बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिका– ७ स्थित दानव नदीमा एक महिलाको शव आज फेला परेको छ ।
स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेपछि फेला परेको शवको पहिचान नभएको इलाका प्रहरी कार्यालय छपियाका प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले जानकारी दिईन्।
अन्दाजी २३ वर्षीया ती महिलाको शव परीक्षणका लागि भीम अस्पताल भैरहवामा राखिएको छ । “घटना के भएको हो, विस्तृत कुरा अनुसन्धान भएपछि मात्रैे थाहा हुने”, प्रहरी निरीक्षक बोहोराले जनाईन् ।