Advertisement
Advertisement
Advertisement
Advertisement

महिलाका नाममा घरजग्गा स्वामित्व बढ्दै

  |      17:44:00   |  
महिलाका नाममा घरजग्गा स्वामित्व बढ्दै

असार २२, झिमरुक । मालपोत कार्यालय प्युठानबाट चालु आर्थिक वर्ष ०७६÷०७७ को फागुन मसान्तसम्ममा ५५० महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन् ।  सो अवधिमा जम्मा एक हजार ५१४  व्यक्तिले जग्गा पास गराउँदा ६०  दलित महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन् । फागुन मसान्तसम्म एक हजार ५१४ जग्गा पास र धितो ७६२ गरेर जम्मा रु एक करोड ४२ लाख ३६ हजार ११४ राजश्व संकलन भएको मालपोत कार्यालयका प्रमुख भोजबहादुर भण्डारीले बताउनुभयो । 
महिला र दलितका हकमा रु २२ लाख ८० हजार ४०८  राजश्वमा छुट भएको छ । रु ३५ लाख ३६ हजार २ सय भने लाभकर संकलन भएको उहाँले बताउनुभयो  । कोरोना संक्रमणका समयमा सरकारले थालेको बन्दाबन्दी हुनुपूर्व गत चैत १ देखि १० गतेसम्म रजिष्टे«सन राजीनामा ४९ र धितो १९ गरी ६८ वटा भएको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो । 
सो अवधिमा महिला र दलित गरी २३ जनाले राजश्वमा छुट पाएको र  रु चार लाख २० हजार ९८९ राजश्व सङ्कलन भएको छ ।  महिला र दलितका हकमा रु ९९ हजार २३६ राजश्वमा छुट भएको छ भने रु तीन  लाख ४८ हजार ६२६ लाभकर सङ्कलन भएको छ । 
सरकारले बन्दाबन्दी खुकुलो बनाएसँगै यही असार १ गतेदेखि मालपोत कार्यालय सञ्चालनमा आएको छ ।  अठार दिनका अवधिमा २१  महिला र दलितले आफ्नो नाममा घरजग्गा पास गराएका छन् । रजिष्ट्रेशन राजीनामा ३६ र  धितो ४२  गरी ७८ कामबाट रु पाँच लाख ३२ हजार ४९१ राजश्व संकलन तथा रु एक लाख १२ हजार १९ महिला र दलितका हकमा राजश्व छुट भएको छ । रु एक लाख ५० हजार ६७० लाभकर सङ्कलन भएको छ । बन्दाबन्दीका समयमा कोरोनाको त्रासले गर्दा खासै सेवाग्राही नआएको उहाँले बताउनुभयो । सो अवधिमा बैंकको धितोको काममा सेवाग्राही बढी आएको उहाँको भनाइ छ । 
पछिल्लो समय महिला पनि सचेत एवं चनाखो बन्दै जाँदा र आफ्नो अधिकारको खोजी गर्ने क्रममा आफ्नो नाममा सम्पत्ति स्वामित्व गराउनेको सङ्ख्या बढ्दै जान थालेको हो । सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजश्वमा छुट दिन थालेपछि उनीहरूको स्वामित्वमा घरजग्गा दर्ता हुने क्रम बढेको छ । महिलालाई  घरजग्गा रजिष्ट्रेसन पास गर्दा २५ प्रतिशतसम्म छुट दिने र दलितले थप छुटसमेत पाउने कार्यालय प्रमुख भण्डारीले बताउनुभयो । 
गत आर्थिक वर्ष २०७५÷०७६ मा महिला ९२२,  दलित महिला २५८, अपागंता महिला तीन र वृद्ध महिला दुई जनाले आआफ्ना नाममा घरजग्गा नामसारी गराएका थिए । सोबाट रु दुई करोड ८५ लाख ४२ हजार आठ सय राजश्व संकलन भएको मालपोत कार्यालयले जनाएको छ । 
महिलाको हक कायम गराउन सरकारी  दस्तूरमा छुट दिने  व्यवस्थाले तिनका नाममा जग्गा पास गर्नेको सङ्ख्या वर्षेनी बढ्दै गएको छ । यसअघि जिल्लामा महिलाका नाममा जग्गा पास गराउनेको सङ्ख्या न्यून थियो । पुरुष वैदेशिक रोजगारीमा जाने र विदेशबाट कमाएर पठाएको पैसाले महिलाले आफ्नो नाममा घर घडेरी किन्ने क्रमसमेत बढेको देखिन्छ । घरघडेरीको किनबेच नामसारी वा बकसपत्र र धितो पास महिलाका नाममा हुने क्रम बढेको कार्यालयले जनाएको छ।  
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement