बैशाख १७, काठमाडौं । महिनावारी सुकेको ५ बर्षपछि पनि काठमाण्डौकी एक महिलाले आइभिएफ प्रविधिबाट जुम्ल्याह सन्तान जन्माउन सफल भएकी छन ।
नर्भिक इन्टरनेशनल हस्पिटल अन्र्तगतको नर्भिक आइभिएफ सेन्टरकी बरिष्ठ टेष्ट ट्युव वेवी बिशेषज्ञ डा. नुतन शर्मास“ग उपचार गराइरहेकी ५२ बर्षिय ति महिलाले आइभिएफ प्रविधि मार्फत दुई सन्तानलाई जन्म दिएकी हुन ।
बढ्दो उमेर समुहमा जोखिम बढी हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै गर्भाअवस्थादेखी नै उच्च निगरानीमा राखेर उपचार गरिएको थियो । शल्यक्रिया मार्फत जन्मिएका दुवै जना सन्तान र आमाको अवस्था राम्रो रहेको डा. शर्माले बताइन ।
सामान्यतः बढ्दो उमेर समुहका महिलामा गर्भाधारण गर्ने र सन्तान जन्माउन सक्ने अवस्थालाई जटिल रुपमा हेर्ने गरिन्छ ।
डा. शर्माले भनिनः महिनावारी समेत सुकिसके र पाठेघरमा सेमत मासु पलाएको थियो, हामीले दुरबिनबाट गरिने शल्यक्रिया मार्फत पाठेघरको मासु झिकेर आइभिएफ प्रविधिबाट उपचार शुरु गरयौ र सफल भर्यौ ।
यसअघि पनि ५५ बर्षे महिलाले नर्भिकमै आइभिएफ प्रविधि मार्फत डा. शर्मासँग उपचार गराई सन्तान प्राप्त गरेकी थिइन ।
सामान्यतः नेपालको सन्दर्भमा सन्तान जन्माउनका लागि ३० बर्षको उमेर समुहलाई उत्तम मानिने गरिएपनि विभिन्न कारण बढी उमेर समुह भएका महिलाले सन्तानको रहर गरे उमेरलाई मात्र बाधक मान्न नसकिने बरिष्ठ टेष्ट ट्युव वेवी बिशेषज्ञ डा. शर्मा बताउछिन् ।
डा. शर्मा भन्छिन्, पछिल्लो ६ महिनामा हामीले आइभिएफ गरेका मध्ये गर्भाधारण गर्न सफल ६१ जना महिला ४६ देखी ५५ बर्ष उमेर समुहका छन्, त्यसैले सन्तान प्राप्तीको चाहनामा उमेरलाई मात्र बाधक मान्नु आवश्यक छैन ।