चैत १०, ,धनगढी । भारतको दुधुवा नेशनल पार्कमा घाँस दाउरा गर्न गएका बेला बाघले आक्रमण गर्दा कञ्चनपुरकी महिलाको मृत्यु भएको छ ।
शुक्रबार बिहान नेशनल पार्कभित्र घाँस दाउरा गर्न गएकी पुनर्बास नगरपालिका–१० को भीमबस्तीकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक नरेश मल्लले बिहान करिब ९ बजेतिर बाघको आक्रमणबाट महिलाको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार दुुधुवा नेशनल पार्कको नम्बर ८ कुवा एसएसबी क्याम्पको डेढ किलोमिटर भित्र जंगलमा महिलाको शव भेटिएको थियो ।
उनीसँगै घाँस, दाउरा गर्न गएका भीमबस्तीकै ७ जना महिलाहरुले चिच्याएको सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी निरीक्षक मल्लका अनुसार महिलाको शव भारतीय प्रहरीले नेपाल प्रहरीलाई बुझाउने तयारी गरेका छन् ।
उनको शव बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गरेपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
वैशाख २३,काठमाडौं । मोरङमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। केराबारी गाउँपालिका-९...
वैशाख १६ काठमाडौं । नेपालमा एक वर्षमा १६ हजार बढी घरेलु हिंसा भएको पाइएको छ । एमनेस्टी...
वैशाख १५ काठमाडौं । स्टोरीको सुरूआत पछिल्लो दुई सातामा भएका तीन वटा घटनाबाट गरौं। पहिलो घटना...
३ वैशाख काठमाडौं । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उर्लावारी नगरपालिका-८...
चैत २६ काठमाडौं । दुई वर्षअघि काठमाडौं नजिकैको जिल्लाबाट खबर आयो– ‘१२ वर्षकी किशोरीलाई...
चैत २५ काठमाडौं । संखुवासभा र कैलालीमा दुई जना किशोरीमाथि जबरजस्ती करणी भएको छ । प्रहरीले यस...
चैत २२ काठमाडौं । झापामा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। हल्दीबारी ग...
चैत २२ काठमाडौं । दाङमा बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सल्यानको...
चैत २१ काठमाडौं । सशस्त्र द्वन्द्वकालमा बलात्कारबाट जन्मेका उनका २० वर्षीय छोराको मानसिक...