Advertisement
Advertisement
Advertisement
Advertisement

भारतमा बुवाले वाचा पूरा नगरेको भन्दै छोरीले गरिन् प्रहरीमा उजुरी

  |      14:41:00   |  
वेब तस्विर
वेब तस्विर

भारतमा एक सात वर्षीया बालिकाले आफ्ना बुवाले शौचालय बनाउने वाचा पूरा नगरेको भन्दै प्रहरीमा उजुरी गरेकी छन्। प्रहरीलाई पत्र लेख्दै हनिफा जाराले शौचालय बनाउने वाचा तोडेकाले आफ्ना बुवालाई पक्राउ गर्न आग्रह गरेकी हुन्। हनिफाले खुल्ला ठाउँमा शौच गर्नुपर्दा आफूलाई लाज लाग्ने गरेको पनि बताएकी छन्। अझै धेरै भारतीयहरूको घरमा शौचालय छैन र संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफका अनुसार करिब ५० करोड भारतीय खुल्ला ठाउँमा शौच गर्छन्।

लज्जाबोध,कतिपयको घरमा शौचालय भए पनि त्यसको प्रयोग नगरेको पाइन्छ। दक्षिणी राज्य तमिलनाडुको अम्बुर नगरमा बुवाआमासँगै बस्दै आएकी हनिफाको घरमाकहिल्यै शौचालय भएन। बीबीसी तमिलकी कृतिका कण्णनसँग कुरा गर्दै हनिफाले आफ्नो छिमेकमा केहीको घरमा मात्रै शौचालय भएको बताएकी छन्। हनिफाका अनुसार उनी नर्सरी कक्षामा पढिरहेको बेला आफ्ना बुवालाई घरमा शौचालय बनाइदिन आग्रह गरेकी थिइन्।


प्रहरीमा उजुरी गर्दै हनिफा जारा उनले भनिन्, बाहिर शौच गर्ने बेला मान्छेहरूले हेर्दा निकै लाज हुन्थ्यो। शिक्षा पाएर आफू उत्प्रेरित भएको उनले बताइन्। प्रहरीलाई लेखेको पत्रमा हनिफाले कक्षामा उत्कृष्ट भएपछि आफ्ना बुवाले घरमा शौचालय बनाइदिने वाचा गरेको उल्लेख गरेकी छन्।

उत्कृष्ट पत्रमा उनले लेखेकी छन्, नर्सरीदेखि नै म कक्षामा उत्कृष्ट हुँदै आएकी छु र अहिले म दुई कक्षामा पढ्छु। मेरा बुवाले अहिले पनि शौचालय बनाइदिन्छुभनिरहनुभएको छ। यो एक किसिमको धोका हो। त्यसैले उहाँलाई पक्राउ गरियोस्। हनिफाका बुवा एहसानुल्लाहले घरमा शौचालय बनाउन थालिसके पनि रकम अभावमा त्यो पूरा हुन नसकेको बीबीसी तमिललाई बताए।


उनी अहिले बेरोजगार छन्। उनले भने, मैले हनिफासँग थप समय मागेँ तर मैले वाचा पूरा गर्न नसकेकोले उनले मसँग बोल्नै छाडिन्।




Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement