Advertisement
Advertisement
Advertisement
Advertisement

भारतमा धनसम्पत्तिको निम्ति दुई महिलाको ‘बलि’

  |      13:45:00   |  
भारतमा धनसम्पत्तिको निम्ति दुई महिलाको ‘बलि’

असोज २६, काठमाडौं। दक्षिणी भारतीय राज्य केरलाकोपथानामथिट्टा जिल्लामा आर्थिक समृद्धिको निम्ति दुईजना महिलाको 'बलिु' दिएको घटना सार्वजनिक भएको छ।

अङ्ग्रेजी अखबार द हिन्दूमा प्रकाशित समाचारमा जनाइएअनुसार केरलाको दुईवटा जिल्लाका प्रहरीले त्यहाँ केही समयदेखि हराइरहेका दुईजना महिला पद्म र रोसलीको खोजकार्य गरिरहेका थिए।

यसै सिलसिलामा कोच्ची नगरको प्रहरीले एक दम्पति भगवल सिंह र लैला अनि अर्का एक व्यक्ति शफी वा रशीदलाई हिरासतमा लिएको बीबीसी हिन्दीमा छापिएको अखबारमा उल्लेख गरिएको छ।

उनीहरूसँगको सोधपूछमा अचम्भित् पार्ने जानकारी मिलेको छ।

कोच्ची नगर प्रहरीको प्रहरी अधिक्षक सीएच नागाराजु भन्छन्, 'पद्मको हत्या सेप्टेम्बरको अन्तिम सातामा भएको थियो। जबकी अर्की महिलाको हत्या जुन महिनामै गरिएको थियो।' 

यी तीनजना व्यक्तिले दुवै महिलाको बर्बरतापूर्ण ढङ्गले हत्या गरेर लाशलाई आफ्नै घरमा गाडिदिएका थिए ।
ती अभियुक्तहरूले आफ्नो अपराध कबुलेको र प्रहरीले तिनको पुष्टि पनि गरिसकेको नागाराजुले बताए।

आर्थिक समस्याको निहुँ

अहिलेसम्म प्राप्त जानकारीअनुसार शफी र भगवल सिंहलाई आर्थिक अभाव भइरहेको थियो।

आर्थिक सङ्कटसँग जुझ्नका निम्ति भगवल सिंहलाई मानव बलि दिन सल्लाह दिइयो। त्यस सुझाव कार्यान्वयन गर्न शफीले घच्घच्याए। लगत्तै केही रकमको बदलामा शफीले ती महिलालाई लिएर आए। ती महिलालाई नोकरी तथा पैसाको प्रलोभन दिइएको थियो।

प्रहरीले अभियुक्तहरूको घरमा गाडिएका लाशको डीएनए जाँच गरेर पीडितहरूको पहिचान पुष्टि गर्दैछ।

भारतका विभिन्न ठाउँमा अन्धविश्वासका कारण थुप्रै अपराधका घटना हुने गर्छन्।

यस्ता अपराधमा महिला र बालबालिका पीडित हुने सङ्ख्या पनि निकै हुने गर्छ।
 

स्रोत- बिबिसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement