Advertisement
Advertisement
Advertisement
Advertisement

भायानेटको कनेक्टिभिटी अब फुटबल मैदानसम्म, महिला च्याम्पियनसिपको शीर्ष प्रायोजक

  |      10:58:00   |  
भायानेटको कनेक्टिभिटी अब फुटबल मैदानसम्म, महिला च्याम्पियनसिपको शीर्ष प्रायोजक

फागुन २, काठमाडौं । फाल्गुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको शीर्ष प्रायोजक इन्टरनेट सेवा प्रदायक कम्पनी ‘भायानेट’ बनेको छ।

मंगलबार आयोजित कार्यक्रममा भायानेट र प्रतियोगिताको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रा।लि। बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

नेपाली फुटबलको विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित यो प्रायोजन गरिएको भायानेटले जनाएको छ। प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान, र म्यानमारका राष्ट्रिय महिला टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्।

भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठले भने, ‘खेलकुद, मनोरञ्जन, र इन्टरनेट आपसमा गासिएका क्षेत्रहरू हुन्, जसले हाम्रो व्यवसायलाई पनि नजिकबाट छोएको छ। ठूला खेलकुद प्रतियोगिताका बेला इन्टरनेट र टिभीको प्रयोग उल्लेखनीय रूपमा बढ्छ। हाल नेपाली क्रिकेट र फुटबलमा देखिएको प्रगति र दर्शकहरूको माया उत्साहजनक छ, र हामी यस यात्रालाई अझ बलियो बनाउन चाहन्छौं। नेपाली टिमलाई अझ उचाइमा पुर्‍याउन हाम्रो निरन्तर साथ रहनेछ। फुटबल प्रवर्द्धन गर्नु हाम्रो सामाजिक उत्तरदायित्व पनि हो। महिला फुटबलको विकासमा सानो योगदान दिन पाउँदा हामी गर्व गर्छौं। खेलकुद राष्ट्रको उन्नतिको एउटा महत्वपूर्ण आधार भएकाले, महिला फुटबललाई थप सशक्त बनाउने प्रयासमा हामी पनि सामेल भएका छौं।’

भायानेट यसअघि पनि विभिन्न सामाजिक महत्वका कार्यक्रमहरूमा सहभागी हुँदै आएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement