Advertisement
Advertisement
Advertisement
Advertisement

भदौ १ देखि बच्चाले गर्भावस्थामै अंश पाउने

  |      13:22:00   |  
वेब तस्विर
वेब तस्विर

साउन २२, काठमाडौं ।  हालसम्म सगोलको सम्पति बच्चा जन्मिएपछि मात्र भाग लगाउने गरिन्थ्यो तर अब भने बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउने भएका छन् । 

 

आगामी भदौ १ देखि लागू हुन लागेको मुलुकी देवानी संहिता, २०७५ र त्यससम्बन्धी कार्यविधिमा अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा ती महिलाले जन्माउने शिशुलाई पनि अंश छुट्टयाउनुपर्ने नयाँ व्यवस्था गरिएको हो । 

 

सगोलको सम्पत्तिमा पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार हुने व्यवस्था हाल व्यवस्था थियो । तर अब आमा अंशियार भए गर्भको बच्चालाई पनि अंश छुट्टयाउनुपर्ने भएको छ ।  समान अंशका लागि र खासगरी छोरीलाई कानूनीरुपमा नै अंश दिलाउन योगदान पुर्याएकी अधिवक्ता मीरा ढुंगानाले  भनिन्, “समान अंशका लागि कानूनीरुपमा निकै लडाइँ लड्नु पर्यो ।, अब गर्भकै शिशुले अंश पाउने भएका छन्, त्यो निकै राम्रो व्यवस्था हो ।” 

 

आमाको गर्भमा हुँदादेखि नै अंश पाउने कानूनी व्यवस्था भएपछि छोरा र छोरीमा हुने विभेदको अन्त्य भएको उनको भनाइ छ । यो नयाँ व्यवस्थाले छोरालाई बढी प्राथमिकता दिने परिवारले पनि बाध्य भएर छोरीलाई पनि समान हक दिनुपर्ने छ । 

 

वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार बच्चा आमाको गर्भमा रहँदैको अवस्थामा नै अंश पाउने राम्रो कानूनी व्यवस्था भएको हो । त्यो व्यवस्था हालसम्म थिएन ।  “अंशबंण्डाको अवस्थामा अंशियार महिलाको गर्भबाट जन्मने बच्चाले पनि समान अंश पाउने छ, यदि बच्चा मृतावस्था जन्मिएमा वा गर्भ खेर गएमा त्यो सम्पत्ति सगोलमै भाग लाग्ने छ”–  वरिष्ठ अधिवक्ता पाठकले भनिन् । 

 

वरिष्ठ अविधक्ता डा. चन्द्रकान्त ज्ञवालीका अनुसार हालसम्म आफैले सक्षम भएर अंश माग्दा १६ वर्ष पुग्नुपर्ने व्यवस्था थियो । तर अब १८ वर्षसम्मलाई बालककै अवस्थामा राखेको छ । उनले थपे, “आमाको गर्भमै रहँदा अंश पाउने भएपछि यसले समानताको सिद्धान्तलाई अनुशरण गरेको छ, जुन प्रभावकारी र उपयुक्त व्यवस्था हो ।” आगामी भदौ १ देखि अंशबण्डा गर्दा अंशियार गर्भवती महिलाको बच्चालाई पनि समानरुपले अंश छुट्टयाउनु पर्नेछ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement