Advertisement
Advertisement
Advertisement
Advertisement

भक्तपुरका अधिकांश मासु पसल मापदण्ड विपरीत

  |      14:01:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र १९, भक्तपुर ।  भक्तपुर नगरपालिकाले पटक पटक अनुगमन गरेर सचेत गर्दा पनि यहाँका मासु पसल फोहर र अव्यवस्थित पाइएको छ । आज भक्तपुर नगरपालिकाले नौवटा मासु पसलमा गरेको अनुगमनका क्रममा मासु पसल फोहर, अव्यवस्थित र मापदण्ड विपरीत पाइएको हो । 

 

नगरपालिकाको बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा कमलविनायकमा नौवटा मासु पसलमा भएको अनुगमनमा कोल्ड स्टोर तथा मासु पसल मापदण्ड विपरित सञ्चालन भएको र अत्याधिक फोहर पाइएको हो । 

 

अनुगमनमा न्यू महालक्ष्मी कोल्ड स्टोर, सिद्धिगणेश मिट सप, रामकृष्ण शाहीको राँगाको मासु पसल, ‘महिमा कोल्ड स्टोर, कमलविनायक माछापसल, सुभानी कोल्ड स्टोर, भक्तपुर कोल्ड स्टोर, कार्यविनायक मिट सप, लक्ष्मी शाहीको राँगोको मासु पसलको अनुगमनको क्रममा यस्तो भेटिएको हो । अनुगमनका क्रममा अधिकांश पसलमा बधस्थल फोहर रहेको, पसल दर्ता प्रमाणपत्र नभएको, सेतो एप्रोन प्रयोग नगरेको, मासु काट्ने काठ ढुँसी परेको, ढक तराजु नमिलेको पाइएको छ । 

 

अनुगमन टोलीले मासु सिसाभित्र राख्न, पसल दर्ता एवं नवीकरण गर्न, डिजिटल तराजु राख्न, पसल सफा राख्न, मूल्यसूची राख्न, भित्ता सफा गर्न मिल्ने गरी कार्पेट राख्न निर्देशन दिएको नगरपालिकाका सरसफाई उपशाखाका वरिष्ठ निर्देशक रामकृष्ण प्रजापतिले जानकारी दिए। 

 

त्यस्तै मासु भूइँमा राखेर बेच्ने गरेकाले त्यसो नगर्न, ढक तराजु नापतौल विभागमा नवीकरण गर्न र डिजिटल तराजु प्रयोग गर्न निर्देशन दिँदै खिया लागेको औजार नियन्त्रणमा लिएको छ भने नवीकरणमा नभएका र बिगारिएका तराजु नियन्त्रणमा लिएको छ । 

 

नगरपालिका अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशनमैया सुवाल, सदस्य सचिव दिलीपकुमार सुवाल, कर उपशाखा, उद्योग वाणिज्य सङ्घ भक्तपुर, उपभोक्तमञ्च, प्रहरी प्ररिसर भक्तपुर, जिल्ला प्रशासन कार्यालय, जनस्वास्थ्य कार्यालयका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको हो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement