साउन १९, काठमाडौं । बैतडीमा एक महिलाले असाधारण शिशु जन्माएकी छिन्। जिल्लाको दोगडाकेदार गाउँपालिका—८ कालागाउँ माल्लेकी १७ वर्षीया सीमा लुहारले टाउकोतिर खुट्टा पल्टिएको र हात पनि खुट्टा जस्तै भएकी बालिका (छोरी) जन्माएकी हुन्।
लुहारले कटौपानी स्वास्थ्य चौकी दोगडाकेदारमा बिहीबार बिहान यस्तो बच्चा जन्माएको अनमी रमिता जोशीले जानकारी दिइन्। उनले भनिन्, 'बच्चा जन्मिने मिति भन्दा एक हप्ता पछि जन्मिएको बच्चाको टाउकोतिर खुट्टा पल्टिएको र हात पनि खुट्टा जस्तै माथि गएको छ, थप उपचार आवश्यक छ हामीले भनेका छौँ।'
नवजात शिशुको थप उपचारका लागि हाडजोर्नी विशेषज्ञलाई देखाउनु पर्ने डा गुणराज अवस्थीले बताए। उनले भने,'यो बच्चालाई समयमै हाडजोर्नी विशेषज्ञलाई देखाउन सल्लाह दिएका छौँ।'
उनको उमेर कम भएकोले यस्तो बच्चा जन्मिएको हुनसक्छ। सीमाको बच्चाको जन्म जोखिमपूर्ण छ।
वैशाख २३,काठमाडौं । मोरङमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। केराबारी गाउँपालिका-९...
वैशाख १६ काठमाडौं । नेपालमा एक वर्षमा १६ हजार बढी घरेलु हिंसा भएको पाइएको छ । एमनेस्टी...
वैशाख १५ काठमाडौं । स्टोरीको सुरूआत पछिल्लो दुई सातामा भएका तीन वटा घटनाबाट गरौं। पहिलो घटना...
३ वैशाख काठमाडौं । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उर्लावारी नगरपालिका-८...
चैत २६ काठमाडौं । दुई वर्षअघि काठमाडौं नजिकैको जिल्लाबाट खबर आयो– ‘१२ वर्षकी किशोरीलाई...
चैत २५ काठमाडौं । संखुवासभा र कैलालीमा दुई जना किशोरीमाथि जबरजस्ती करणी भएको छ । प्रहरीले यस...
चैत २२ काठमाडौं । झापामा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। हल्दीबारी ग...
चैत २२ काठमाडौं । दाङमा बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सल्यानको...
चैत २१ काठमाडौं । सशस्त्र द्वन्द्वकालमा बलात्कारबाट जन्मेका उनका २० वर्षीय छोराको मानसिक...