►उमा पौडेल
पुस २७, सिन्धुली । ‘मम्मी म त मर्छु होला । ४ जना बच्चा हेर्नुपर्छ । तीनवटालाई काखमा राख्छु । एउटालाई भुईंमा सुताएर हेर्छु । बच्चा रोयो भने मलाई आएर पिट्छन् । मलाई जसरी पनि निकाल्दिनुस् न मम्मी ।’ १० दिनअघि सिन्धुलीको मरिण गाउँपालिका ४ की १८ वर्षीया युनिका भित्राकोटीले बुबा कृष्णबहादुरको इमोमा माथिको भ्वाइस म्यासेज पठाएकी हुन् । युनिका कुबेतमा छिन् । उनी कुवेत पुगेको ९ महिना भयो । १ वर्षदेखि काठमाडौं बसेकी युनिकालाई काठमाडौं बस्ने गोविन्द थिंङले राम्रो काम पाइने भन्दै कुबेत पठाएका थिए । तर, नेपालबाट कुवेतमा काम गर्न श्रम स्वीकृति छैन । उनलाई गोविन्दले दलाल मार्फत बेचेर कुवेत पुर्याएका हुन् । अहिले युनिका थप समस्यामा भएको उनले बताएकी छिन् । ‘दिनमा १ घण्टा मात्रै सुत्न पाउँछु । बासी खाना खानुपर्छ ।’ बुबासँगको कुराकानीमा युनिकाले ‘धेरै पटक बेहोस भैसकें । मम्मी अब म कसरी फर्कनु रु’ भनेकी छिन् । युनिकाका अनुसार गोबिन्द युनिकालाई पुर्याउन भनी भारतसम्म पुगेका थिए । भारतमा चौधरी नामले परिचित एजेन्टले युनिकालाई कुवेत पठाए । छोरी बेचिएको थाहा पाएपछि केही दिनअघि हार गुहार गर्दे मरिण गाँउपालिका पुगेका बुबाले आफ्नो समस्या गाँउपालिकाका अध्यक्ष पानीराज बम्जनलाई बताए । अध्यक्ष बम्जनमार्फत उनी बेचिएको सार्वजनिक भएको हो । युनिकाका बुबा कृष्णबहादुरले भने ‘छोरी त बेचिईन् बेचिईन् । उनको उद्धार गर्ने भन्दै एक जनाले २० हजार रुपैयाँ पनि लगिदिए । गरिब माथि दोहोरो बज्रपात भयो । लौन मेरो छोरी कसरी फर्काउने ? छोरी फर्काईने भन्दै २० हजार रुपैयाँ लिएका रामकुमार कार्कीलाई सुचना तथा परामर्श केन्द्र ९सामी० परियोजना, सिन्धुली मार्फत सम्पर्क गर्दा उनले पटक पटक उनको छोरी उद्धार गर्ने प्रक्रियाका लागि रकम खर्च भएको भन्दै आनाकानी गरे । अन्तत परियोजनाको दबाबपछि रामकुमारले काठमाडौबाट २० हजार रुपैयाँ आइएमइ मार्फत पठाइदिएका छन् । तर, छोरी कसरी फर्काउने भनेर बुवा कृष्ण र आमा आइतीमाया भने बेचैन छन् ।
नेपालबाट प्रतिबन्धित घरेलु काममा लैजान गैरकानुनी ढंगबाट नेपालीहरुलाई ३ लाख ८० हजारमा किन्ने गरेका विभिन्न घटना आउने गरेका छन् । भारतीय दलाले पनि आफुले डेढ लाख लिएको र गोबिन्द थिङ भन्ने नेपाली दलालले डेढ लाख लिएको स्वीकार गरेका पनि जनाइएको छ । तर युनिकाको नेपाल फर्काउने कसरी भन्नेचाहिँ अन्यौल भएको छ । युनिका कुवेतमा कुन ठाँउमा छिन् , ठेगाना स्पष्ट भन्न सक्दिनन् । उनले बताए अनुसार घरबाट बाहिर निस्कने अनुमति नै छैन । तर, आफूलाई नेपाल फर्काइदिन उनले पटक पटक अनुरोध गरेकी छिन् ।
महिला खबरमा प्रकाशित
वैशाख २३,काठमाडौं । मोरङमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। केराबारी गाउँपालिका-९...
वैशाख १६ काठमाडौं । नेपालमा एक वर्षमा १६ हजार बढी घरेलु हिंसा भएको पाइएको छ । एमनेस्टी...
वैशाख १५ काठमाडौं । स्टोरीको सुरूआत पछिल्लो दुई सातामा भएका तीन वटा घटनाबाट गरौं। पहिलो घटना...
३ वैशाख काठमाडौं । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उर्लावारी नगरपालिका-८...
चैत २६ काठमाडौं । दुई वर्षअघि काठमाडौं नजिकैको जिल्लाबाट खबर आयो– ‘१२ वर्षकी किशोरीलाई...
चैत २५ काठमाडौं । संखुवासभा र कैलालीमा दुई जना किशोरीमाथि जबरजस्ती करणी भएको छ । प्रहरीले यस...
चैत २२ काठमाडौं । झापामा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। हल्दीबारी ग...
चैत २२ काठमाडौं । दाङमा बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सल्यानको...
चैत २१ काठमाडौं । सशस्त्र द्वन्द्वकालमा बलात्कारबाट जन्मेका उनका २० वर्षीय छोराको मानसिक...