Advertisement
Advertisement
Advertisement
Advertisement

बेचबिखनमा परेका महिलालाई सीपमूलक तालिम

  |      10:11:00   |  
web image
web image

इटहरी, १४ फागुन। सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा रहेको माइती नेपाल परामर्श तथा पुनःस्थापना गृहले विभिन्न बहानामा बेचबिखनमा परेका करिब १६ महिलालाई पाँचमहिने सीपमूलक तालिम प्रदान गरेको छ । लामो समयदेखि महिला बेचबिखनको क्षेत्रमा काम गर्दै आएको माइती नेपालले उद्धारका साथै आत्मनिर्भर बनाउनका लागि विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएको हो ।

अन्तर्राष्ट्रिय समस्या बनेको चेलीबेटी बेचबिखनलाई कम गर्न तथा बेचबिखनमा परेकालाई पुनःस्थापना गराउँदै आएको माइती नेपालले यो पटक सीपमूलक तालिमअन्तर्गत सिलाइबुनाइ, शिशु स्याहारलगायतको तालिम प्रदान गरी समापन कार्यक्रमसँगै बिदाइसमेत गरिएको माइती नेपालका कार्यक्रम संयोजक सुनिता कार्कीले बताउनुभयो ।  छ महिनासम्म तालिम लिएर बिदाइ हुने सबै जनाले आत्मनिर्भर हुने गरी समाजमा पुुनःस्थापना भएपछि काम गर्र्नुपर्ने र अरुलाई पनि आत्मनिर्भर बनाउन सहयोग गर्नुपर्ने कार्यक्रममा उपस्थित अधिकांश वक्ताले बताए ।
 इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक धमराज भण्डारीले मानव बेचबिखनको सञ्जाल राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म फैलिएको छ भन्दै यसको न्यूनीकरणमा माइती नेपालले खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताउनुभयो । 

औद्योगिक  प्रशिक्षार्थी तालीम 
उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १ र हेल्भेटास नेपालको संयुुक्त पहलमा सुनसरीको इटहरीमा रहेको सगरमाथा गार्मेन्ट्ससँगको सहकार्यमा छ महिने निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिमको आयोजना हुुने भएको छ । छ महिनासम्म करिब एक जनालाई कपडा पहिचान, लेयरिङ, कटिङ, मार्किङ, सिलाइ, क्वालिटी चेक, प्रिन्टिङ, फिनिसिङलगायत १२ विधामा तालिम प्रदान गर्ने लक्ष्य रहेको सगरमाथा गार्मेन्ट्सका सञ्चालक डम्बर तामाङले बताउनुुभयो । तालिममा १८ देखि ४० वर्ष उमेर समूहका व्यक्तिले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ । 

रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement