Advertisement
Advertisement
Advertisement
Advertisement

बिदामा बसेकी उपमहानगरकी महिला कर्मचारीको खोसीयो कुर्सी

  |      17:01:00   |  
web imege
web imege

पुष २६, काठमाडौं । बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख उमा थापाले आफूमाथि अन्याय भएको भन्दै न्यायिक समितिमा निवेदन दिएकी छन्।

शाखा प्रमुख उमा घर बिदा र असाधारण बिदामा बसेकी थिइन्। बिदापछि कार्यालयमा उपस्थित हुँदा आफ्नो कुर्सीमा बस्न नपाएको भन्दै उनले न्यायिक समिति गुहारेकी हुन्।

उपमहानगर उप-प्रमुख सावित्रादेवी अर्यालले उमाको निवेदन परेको बताइन्। न्यायिक समितिमा उपप्रमुख संयोजक रहने व्यवस्था छ।  

‘निवेदन दिनुभएको छ। कानूनी सल्लाह गर्दा कार्यालयभित्रकै विषय भएकोले दर्ता गर्न नमिल्ने रहेछ। तर हामी उहाँलाई न्याय दिन्छौँ,’ अर्यालले सेतोपाटीसँग भनिन्।

उमा २०७७ साल चैत ९ गतेदेखि स्वास्थ्य शाखा प्रमुख थिइन्। उनले २०७८ कात्तिकमा दुई महिना सञ्चित घर बिदा र १२ महिना असाधारण बिदा लिएकी थिइन्।

बिदा सकिएपछि उमा यही पुस १ गते कार्यालयमा हाजिर भइन्। कार्यकक्षमा पुग्दा शाखा प्रमुखको कुर्सीमा स्वास्थ्य शाखाकै कर्मचारी युवराज पाण्डे बसेका थिए।


उमा अलमलमा परिन्। आफू बिदामा बसेको समयमा कार्यालयले अर्कोलाई कार्यभार दिएको होला भन्ने सोचिन्। आफ्नो कार्यकक्षमा निकै बेर बसिन्।

आफ्नो कुर्सी टेबल फिर्ता नपाउने छाँट बुझेर उनी शिक्षा तथा स्वास्थ्य महाशाखामा पुगिन्। उनले महाशाखा प्रमुख मित्रमणि खनालसँग गुनासो गरिन्।

खनालले महाशाखामै खाली रहेको कुर्सी टेबल देखाउँदै त्यहीँ बस्न आग्रह गरे। उमाले आफू स्वास्थ्य शाखा प्रमुख रहेको भन्दै खनालको आग्रह अस्वीकार गरिन्।

पहिलो दिन यताउता घुम्दैमा बित्यो।

दोस्रो दिन पुस २ गते उनी १० नबज्दै कार्यालयमा पुगिन्। उनको कुर्सी खाली थिएन।

उनले आफूमाथि अन्याय भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीसामू गुनासो गरिन्। पन्थीले प्रशासन शाखामै बस्न कुर्सी टेबल व्यवस्था गरिदिए।

उमाले १२ दिन प्रशासन शाखामा बिताइन्। यसबीचमा उनले महाशाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग आफ्नो स्थानबारे कुरा गरिन्।

उपप्रमुख अर्याललाई पनि यसबारेमा जानकारी गराइन्।

प्रमुख प्रशासकीय अधिकृत, महाशाखा प्रमुख र स्वास्थ्य शाखा प्रमुखको कुर्सीमा बसेका युवराजबीच पटकपटक छलफल भए पनि समाधान ननिस्किएको उमाको भनाइ छ।

‘पटकपटक छलफल गरियो कुनै निकास निस्किन सकेन। युवराजजीले मलाई नगरप्रमुखले कुर्सी नछोड्नु भन्नुभएको छ भन्नुभयो,’ उनले भनिन्।

एक पटक छलफल चलिरहेका बेला नगरप्रमुखले फोन गरेर अर्को विकल्प रोज्न आग्रह गरेको उनले बताइन्।

‘नगरप्रमुखले दिएका विकल्प कुनैमा पनि म उपयुक्त हुनसक्ने लागेन। मेरो कार्यक्षमता, योग्यता र मेरो आत्मसम्मानको लागि पनि लड्नुपर्छ भन्ने लाग्यो,’ उनले भनिन्।

नगरप्रमुखले विकल्पबारे उनले खुलेर बोल्न भने मानिनन्।

शाखा प्रमुखका रूपमा कार्यरत युवराजले प्रमुख प्रशासकीय अधिकृतको मौखिक निर्देशनमा आफूले जिम्मेवारी सम्हाल्दै आएको बताए।

यस विषयमा प्रमुख प्रशासकीय अधिकृत पन्थी बोल्न चाहेनन्।

उपमहानगर प्रमुख खेलराज पाण्डेय प्रशासकीय अधिकृतलाई बेवास्ता गरेर अघि बढेको केही कर्मचारी बताउँछन्। शाखा फुटाएर भए पनि युवराजलाई नै शाखा प्रमुख बनाउने योजनामा नगरप्रमुख रहेको ती कर्मचारीको भनाइ छ।

एक कर्मचारीले भने, ‘जनप्रतिनिधिले कानून र नीति नियम बनाउने हो। प्रशासनले हेर्नुपर्ने काममा नगरप्रमुखको ठाडो हस्तक्षेप हुने गरेको छ।’

उमा बिदामा बसेपछि स्वास्थ्य शाखाकै छैठौँ तहका अधिकृत कल्पना पौडेलले कार्यालय प्रमुखको मौखिक आदेशका आधारमा स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन्।

उपमहानगरमा नयाँ जनप्रतिनिधि आएपछि स्वास्थ्य शाखामै कार्यरत छैठौं तहका अधिकृत युवराज पाण्डेले २०७९ असार १० गते लिखित रूपमै शाखा प्रमुखको जिम्मेवारी पाएका थिए।

उनलाई उमा बिदामा रहञ्जेलका लागि शाखा प्रमुखको जिम्मेवारी दिइएको थियो।

उपमहानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले दिएको उक्त पत्रमा ‘स्वास्थ्य शाखा प्रमुख उमा थापा हाल असाधारण बिदामा बसेकोले निज कार्यालयमा हाजिर नभएसम्मका लागि’ जनस्वास्थ्य शाखा प्रमुखको रूपमा कार्य सम्पादन गर्ने गरी जिम्मेवारी तोकिएको उल्लेख छ।

बिदा सकेर फर्किपछि भने उमाले आफ्नो जिम्मेवारी सम्हाल्न पाइनन्। हाल उनलाई रोजगार शाखामा राखिएको छ। काम चाहिँ स्वास्थ्य शाखाकै गर्छिन्।

महाशाखा प्रमुख खनालले स्वास्थ्यको कार्ययोजना अद्यावधिक, दर्ता नवीकरणको मस्यौदा अध्ययन, कोभिड र शीतलहरबाट हुन सक्ने क्षति न्यूनीकरण लगायतका विषयमा कार्ययोजना बनाउन जिम्मेवारी दिइएको उमाले बताइन्।

हाल उपमहानगरको स्वास्थ्य शाखामा ७२ जना कर्मचारी छन्। उमालाई स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारीमा फर्काउन माग गर्दै स्वास्थ्य शाखाका २८ जना कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतसमक्ष निवेदन दिएका छन्।

निवेदनमा नियमअनुसार ज्येष्ठताको आधारमा बिना शर्त उमालाई स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी दिन आग्रह गरिएको छ।

कानूनी आधारमा आफू नै शाखा प्रमुख रहेकाले न्यायको लागि कानूनी बाटो खोजेको उमाको भनाइ छ। आफू महिला भएकोले शाखा प्रमुखको जिम्मेवारीबाट हटाउने षड्यन्त्र भएको उनको आरोप छ।

उनले भनिन्, ‘मेरो स्थानमा पुरुष कर्मचारी हुनुहुन्थ्यो भने उहाँलाई सबैले स्वीकार गर्थे। महिला भएकोले पनि मप्रति अपमान भएको हो। मेरो स्थान खोजेरै छोड्छु।’

रूपन्देहीको मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा हेल्थ असिस्टेन्ट सातौं तहका अधिकृत उमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरको निर्णयअनुसार २०७६ साल भदौ १३ गते सिद्धार्थनगर नगरपालिकामा स्वास्थ्य शाखा प्रमुखमा समायोजन भएकी थिइन्।

सिद्धार्थ नगरपालिकामा उत्कृष्ट कर्मचारीको रूपमा पुरस्कृत भएकी उमाले समायोजन मिलानबाट २०७७ साल चैत ९ गतेदेखि बुटवल उपमहानगरको स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन्।

त्यसअघि उपमहानगरमै छैठौं तहका अधिकृत युवराज २०७९ असार १ गते स्वास्थ्य सेवा विभागको निर्णय अनुसार सातौँ तहमा बढुवा भएका थिए।

उनलाई दिइएको पत्रमा २०७९ माघ १ गतेदेखि मात्रै ज्येष्ठता लागू हुने कुरा उल्लेख गरिएको छ।

उमाले २०७७ साल चैत ९ मा सातौं तहको अधिकृतका रूपमा स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी पाएकी थिइन्। युवराज छैठौं तहको अधिकृतका रूपमा स्वास्थ्य शाखामा समायोजन भएका थिए।

उपमहानगरको शिक्षा तथा स्वास्थ्य महाशाखा प्रमुख खनालका अनुसार यसअघिको शाखा प्रमुख र ज्येष्ठता समेतका आधारमा उमा नै शाखा प्रमुख हुनुपर्ने हो।

                                                                        -स्रोत सेतोपाटी 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement