Advertisement
Advertisement
Advertisement
Advertisement

बालिका सामूहिक बलात्कार गर्ने युवालाई एक साता हिरासतमै राखिने

  |      12:52:00   |  
वेब तस्विर
वेब तस्विर

पुस १७, ललितपुर । रसुवामा एक बालिकालाई सामूहिक रूपमा बलात्कार गर्ने नुवाकोटका तीन युवालाई थप एक साता थुनामै राखेर अनुसन्धान हुने भएको छ  । बालिका बलात्कारको आरोपमा पक्राउ परेका नुवाकोटको बेलकोटगढी नगरपालिका ७ का १९ वर्षीय दीपक खतिवडा, विदुर ४ का २५ वर्षीय सञ्जीवकुमार गुप्ता र सोही ठाउँका २२ वर्षीय राजकुमार श्रेष्ठलाई थप एक साता थुनामै राखिने भएको हो ।

 

पुस ७ गते राती रसुवाको टिमुरेमा बलात्कृत भएकी बालिकाले दिएको उजुरीको आधारमा पुस ८ गते उनीहरु पक्राउ परेका थिए ।  बालिकाको स्वास्थ्य जाँच र प्रारम्भिक अनुसन्धानबाट बालिकामाथि सामूहिक बलात्कार भएको देखिएको तर स्वतन्त्र पुष्टि हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक रञ्जन अवाले जानकारी दिए ।

 

प्रहरी निरीक्षक अवाले उनीहरूलाई म्याद थपका लागि आज पुन अदालतमा पेश गरिने जानकारी दिए । युवाहरूले बलात्कारका निम्ति प्रयोग गरेको बा४ख ४३२ नम्बरको आइचर कम्पनीको मिनीट्रक समेत प्रहरीले नै नियन्त्रणमा राखेको छ । बलात्कारमा संलग्न नुवाकोटको बेलकोटगढी नगरपालिका ७ का १९ वर्षीय दीपक खतिवडा, विदुर ४ का २५ वर्षीय सञ्जीवकुमार गुप्ता र सोही ठाउँका २२ वर्षीय राजकुमार श्रेष्ठ पुस ८ गते नै पक्राउ परेका थिए । उनीहरू जिल्ला प्रहरी कार्यालय रसुवाको हिरासतमा रहेका छन् । 

 महिला खबरमा प्रकाशित 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement