काठमाडौं। फ्रेन्ड्स अफ लाजिम्पाटले शनिबार आयोजना गरेको ५ किमि दौडको उपाधि बालिका केसीले जितेकी छन् ।
बालिकाले १६ मिनेट ४९:०९ सेकेन्डमा दूरी पार गरी विजेता बन्दा ४ सय ५० जनालाई पछाडि छाडिन् । उनले २० हजार पुरस्कार पाइन् । दोस्रो भएकी मीना घले बालिकाभन्दा थोरैले पछि परिन् । उनले १६ मिनेट ५४:५६ सेकेन्डमा दूरी पार गरिन् । देवीकला गुरुङले १७ मिनेट २८:२१ सेकेन्डबाट तेस्रो भइन् । दोस्रो र तेस्रो हुनेले १५ र १० हजार पाए ।
दौडमा ६ वर्षीया बालिका अंकिता नकर्मीले समेत प्रतिस्पर्धा गरेकी थिईन् । उनलाई हौसलास्वरुप २ हजार प्रदान गरियो ।
महिलालाई खेलकुदमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले ओमेन अवेरनेस इन स्पोर्ट्स भन्ने नारासाथ दौड आयोजना गरिएको क्लब अध्यक्ष पवन तिमल्सिनाले बताए ।