माघ ७, काठमाडौं। भोजपुरमा बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। हतुवागढी गाउँपालिका-८ पात्लेपानी बस्ने ४५ वर्षीय भक्तबहादुर थापा पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको हो।
उनले भदौं १० गते १४ वर्षीया बालिकालाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।