Advertisement
Advertisement
Advertisement
Advertisement

बालविवाह रोक्दै गाउँपालिका

  |      16:48:00   |  
वेब तस्विर
वेब तस्विर

साउन १६, बागलुङ । तमानखोला गाउँपालिकाले पछिल्लो तीन महिनामा भएका आठ बालविवाह बदर गरेको छ । 

 

कानून विपरीत भएका बालविवाह रोक्न गाउँपालिकाले अभियान थालेको हो । गाउँपालिका– १, २, ३ र ५ वडाका खुङखानी, बोङखानी, हिले, खोलेसवाङ र पहिरा गाउँमा भएका बालविवाह बदर गरिएको गाउँपालिकाले जनाएको छ । 

 

बालविवाह हुनै नदिने र भएका भएपनि त्यसलाई बदर गर्न अभियान चलाइएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । अभियानमा छलफल, सचेतनाका लागि वृत्तचित्र, नाटक प्रदर्शन गर्ने गरिएको छ । 

 

‘घरघरमै पुगेर अभिभावक र बालबालिकालाईसँगै राखेर परामर्श दिने गर्छौं,’ अध्यक्ष बुढाले भन्नुभयो, “पहिले बालविवाह रोक्न कठिन थियो, तर अहिले अभियान सफल बनेको छ ।” 

 

तमानखोला गाउँपालिकाका अधिकांश वडामा बालविवाह सामाजिक समस्याको रुपमा रहिआएको छ । विद्यालय उमेरमै भागेर विवाह गर्ने पुरानो प्रवृत्ति अहिले पनि रहेको गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक मानसरी शेरचनले बताउनुभयो । पछिल्लो समय बालविवाह भएको या हुन लागेको सूचना पाउने वित्तिकै गाउँपालिकाले त्यसलाई रोकेको उहाँको भनाइ छ । 

 

गाउँपालिकाले गतवर्ष बनाएको बालविवाह सम्बन्धी वृत्तचित्रले गाउँमा सचेतना बढाउन ठूलो सघाउ पु¥याएको छ । वृत्तचित्रमा बालविवाहबाट समस्या झेलेका व्यक्तिका कथा र त्यसले समाजमा पार्ने असरलाई जीवन्त ढंगले उठान गरिएको छ । बालविवाह गरी छुट्टिन नमान्ने जोडीलाई अधिकारकर्मी र स्वास्थ्यकर्मीले परामर्श समेत दिने गरेका छन् । 

 

व्यक्तिगत, पारिवारिक, सामाजिक जीवन र स्वास्थ्यमा पुग्ने असरका बारेमा सचेत पारेपछि बालविवाह रोक्न अभिभावक र बालबालिका सहमत बन्न थालेका हुन् । विद्यालय उमरेका किशोरकिशोरीले प्रदर्शन गर्ने बालविवाह सम्बन्धी सचेतनामूलक नाटकले पनि बालविवाह न्यूनीकरणमा टेवा पुगेको छ । 

 

गाउँपालिका अध्यक्ष बुढाले भन्नुभयो, “बालविवाहमुक्त गाउँपालिका बनाउने हाम्रो लक्ष्य छ ।” गरीबी, अशिक्षा, सचेतना अभाव जस्ता कारणले दुर्गम गाउँमा बालविवाह बढी छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement