मंसिर ३, काठमाडौं । बाघको आक्रमणबाट आइतबार बर्दियामा एक महिलाको मृत्यु भएको छ ।
बाघको आक्रमणमा २५ वर्षकी ममता सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपीले जानकारी दिए ।
घाँस दाउराका लागि गएकी उनलाई आइतबार दिउँसो राजापुर नगरपालिका -१० सुकुम्बासी टोल नजिक नेपाल भारत सीमाना नजिक वनमा आक्रमण गरेको थियो । आक्रमण बाट गम्भीर घाइते सुनारको जिल्ला अस्पताल गुलरियामा मृत्यु भएको उनले जनाए । उनीसँगै घाँस,दाउरा गर्न गएका अन्य २ महिला बाघको आक्रमणबाट तर्सिंदा बेहोस भएका छन् ।