Advertisement
Advertisement
Advertisement
Advertisement

बाइकको पछाडि सीटमा पर्यटकलाई राखेर टूर गाइड गर्ने आँटिला युवती

  |      19:41:00   |  
तस्विर: एजेन्सी
तस्विर: एजेन्सी

क्याम्बोडिया । नोमपेन्हको एउटा होटलमा रातो टी-शर्ट र टाइट जिन्स लगाएकी २६ वर्षीया रेनू चिया र उनकी सहयोगीलाई देख्ने हरकोहीले गलत धारणा बनाइहाल्छन् । रेनू भन्छिन्, ‘उनीहरू सोच्छन् कि हामी बिग्रेका केटीहरु हौं, विदेशी पर्यटकसँग जोडिने हरेक महिलालाई यहाँ वेश्याजस्तै ठानिन्छ ।’ क्याम्बोडियाको राजधानी नोमपेन्हमा जतासुकै देखिन्छन् मोटरसाइकल ट्याक्सी । तर, केटीहरुले मोटरसाइलको पछाडि सीटमा पर्यटकलाई राखेर कुदाएको दृश्य भने यदाकदा मात्र देखिन्छ । किनकि यस्तो काम गर्ने केटीहरुलाई समाजले राम्रो नजरले हेर्दैन । यस पेशामा अनौठो केही छैन, कमसेकम यो दक्षिणपूर्वी एशियाली देशमा महिलाहरुले पर्यटकलाई घुमाई त रहेका छन् ।

 

बीबीसीको एक रिपोर्ट अनुसार, रेनूकी २३ वर्षीया बहिनी राक्समी चियाको पनि उस्तै अनुभुति छ । उनी भन्छिन्, ‘कहिलेकाहीँ जब हामी कोही पुरुषहरुसँग बाहिर जान्छाैं, मानिसहरु सोच्छन् कि हामी सेक्स गर्न हिँडेका हौं ।’ पर्यटकलाई मोटरसाइकल पछाडि राखेर घुमाउने महिला ड्राइभरलाई ‘मोटो गर्ल’ भन्ने गरिन्छ । यी ‘मोटो गर्ल’ हरु भर्खरका किशोरी हुन्छन् र उनीहरु सुन्दर हुन्छन् । नोमपेन्हको सीएस ट्राभलका मालिक सिव चेङ भन्छन्, ‘यस पेशामा अनौठो केही छैन । कमसेकम यो दक्षिणपूर्वी एशियाली देशमा महिलाहरुले पर्यटकलाई घुमाई त रहेका छन् । जबकि अधिकांश ड्राइभर पुरुष नै छन् ।’

 

रेनूले मोटो ड्राइभर बन्ने सुर त्यतिबेला कसिन् जब उनकी एक आन्टीले थाइल्याण्डमा ती छात्राहरुका बारेमा सुनाइन्, जसले मोटो ट्याक्सी चलाउँछन् । हाइस्कुलदेखि मोटरबाइक चलाउने र कलेजमा अंग्रेजी विषय पढ्ने रेनूले सोचिन् कि पर्यटकलाई शहर घुमाएर पैसा कमाउने आइडिया आफैंमा बेठिक छैन । एकाउन्टसमेत पढिसकेकी रेनूले यसलाई व्यवसायको राम्रो अवसरका रुपमा पनि बुझिन् । रेनूले यो कामका लागि आफ्नी बहिनी र २२ वर्षीया श्रेन्च हार्मलाई नियुक्त गरिन् । यी दुवै केटीहरु रेनूजस्तै छरिता र सर्सराउँदा छन् ।

 

आफूभन्दा ठूलो मान्छेलाई पछाडि राखेर बाइक कुदाउन पनि गाह्रै छ । कतिपय पर्यटकमा मोटरसाइकल पछाडि बस्ने आदत हुँदैन । उनीहरु बायाँ झुक्नुपर्ने ठाउँमा दायाँ र दायाँ झुक्नुपर्ने ठाउँमा बायाँ झुकिदिन्छन् । तर, पछाडि बस्ने पर्यटकले गाइडलाई छुन वा समाउन पाउँदैनन् । सन् २०१६ देखि काम सुरु गर्नुभन्दा अगाडि यी केटीहरुले आफ्नो परिवारलाई आश्वस्त तुल्याए कि यो पेशामा उनीहरु पूर्ण सुरक्षित रहनेछन् । अनि आफ्नो मर्यादा जोगाउनका लागि उनीहरुले के नियम बनाए भने पछाडि बस्ने पर्यटकले गाइडलाई छुन वा समाउन सक्ने छैनन्, उनीहरुले सीटमा रहेको ह्यान्डल बारमा समाएर बस्नुपर्ने छ ।

 

रातमा वा शहरभन्दा बाहिर टूर जानुपर्दा तीनैजना युवती एक साथ हुन्छन् । यद्यपि उनीहरुका परिवार अझैसम्म छोरीहरुको सुरक्षा सम्वन्धमा पूर्ण आश्वस्त भइसकेका छैनन् । चार फिट नौ इन्च उचाई र ४० किलो वजन भएकी रेनू हेर्दा लरक्क परेकी देखिन्छिन् । उनले चलाउने स्कुटरको वजन उनको भन्दा दोब्बर छ । त्यसैले धेरै मानिसहरु सोच्ने गर्छन्, उनले स्कुटर राम्ररी थेग्न सक्दिनन् । यस कुराले उनलाई चिन्तित बनाउँछ । उनी आफूलाई सुरक्षित ड्राइभर सम्झिन्छिन् । मिटो होटलका म्यानेजर हगले पनि उनको कुरामा सहमत छन् । उनले भने, ‘पर्यटकहरु केटीहरुसँग डुल्न मन पराउँछन्, किनकि उनीहरु बाइक बिस्तारै कुदाउँछन् ।’ हगले आफ्नो टेबलमा मोटो गर्ल टूरको ब्रोसर पनि राखेका छन् ।

 

अष्ट्रेलियाकी ३१ वर्षीया वकिल च्यानल सिंक्लेयर २०१६ मा एक्लै नोमपेन्ह घुम्न आउँदा महिला टूर गाइड पाएर ढुक्क भइन् । मोटो गर्लको कामबाट सन्तुष्ट भएर उनले तीन पटकसम्म उनीहरुको सेवा लिइन् । रेनू पनि सिंक्लेयर जस्ता धेरैभन्दा धेरै महिला पर्यटकहरुलाई बोक्न चाहन्छिन् । तर, उनका अधिकांश ग्राहक पुरुषहरु नै हुन्छन् । मोटो गर्ल आफूलाई अलग देखाउने प्रयासमा हुन्छन् । उनीहरु आफ्ना ग्राहकसँग कम्बोडियाको कला, इतिहास र संस्कृतिका विषयमा चर्चा गर्ने गर्छन्।

 

पर्यटकहरुलाई सही ठाउँमा पुर्‍याउने चुनौति मात्रै यी केटीहरुको होइन, उनीहरुले पर्यटकहरुको सांस्कृतिक भिन्नताहरुको पनि सामना गर्नुपर्छ । भाषा र इशारा नबुझेर उनीहरुलाई बारम्बार समस्या पर्छ । आफूभन्दा ठूलो मान्छेलाई पछाडि राखेर बाइक कुदाउन पनि गाह्रै छ । कतिपय पर्यटकहरुमा मोटरसाइकल पछाडि बस्ने आदत हुँदैन । उनीहरु बायाँ झुक्नुपर्ने ठाउँमा दायाँ र दायाँ झुक्नुपर्ने ठाउँमा बायाँ झुकिदिन्छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement