Advertisement
Advertisement
Advertisement
Advertisement

बाँकेका पच्चीस प्रतिशत महिला अझै घरमै सुत्केरी गराउँछन्

  |      22:26:00   |  
वेब तस्विर
वेब तस्विर

►काशीराम शर्मा 
असोज ११, बाँके । बाँकेका २५ प्रतिशत महिला अझै पनि घरमै सुत्केरी गराउने गरेका छन् । 

नियमितरुपमा गभर्वती चेकजाँच गराई स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलालाई सरकारले आर्थिक अनुदानदेखि विभिन्न सहयोगका कार्यक्रम गर्दै आएका छन् तर पनि बाँकेमा २५ प्रतिशत महिला घरमै सुत्केरी गराउने गरेका छन् । 

 

स्वास्थ्य संस्थामा सुत्केरी गराउन सरकारले प्रोत्साहनका कार्यक्रम ल्याए पनि घरमै सुत्केरी हुने क्रम अपेक्षित घट्न सकेको छैन । बाँकेका ग्रामीण क्षेत्रमा ३४ स्वास्थ्य संस्था र शहरी क्षेत्रमा तीन ठूला अस्पतालमा निःशुल्क गर्भ चेकजाँच र प्रसूति सेवा उपलब्ध छ । 

 

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका मातृशिशु शाखा अधिकृत वसन्त गैरेका अनुसार ग्रामीण क्षेत्रमै चेकजाँच तथा सुत्केरी सेवा उपलब्ध भएपछि गर्भवती महिला जाँचका लागि स्वास्थ्य संस्था आउने क्रम केही बढे पनि अझै एक चौथाइ गर्भवती महिला स्वास्थ्य संस्थाको पहँुच बाहिर छन् । 

 

शाखा अधिकृत गैरेले भन्नुभयो, “गाउँमा रहेका स्वास्थ्य संस्थामा गर्भवती जाँच गराए पनि सुत्केरी हुन भने अधिकांश महिला ठूला अस्पतालमै आउने गरेका छन् । जसका कारण गाउँका स्वास्थ्य संस्थामा प्रसूति सेवा लिनेको सङ्ख्या निकै कम र ठूला अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या निकै धेरै छ ।” 

 

नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा दैनिक करीब १३ महिला प्रसूति सेवाका लागि आउने गरेको अस्पतालले जनाएको छ । त्यसैगरी मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दैनिक ११ र नेपालगञ्ज अस्पतालमा दैनिक प्रसूति सेवाका लागि सात महिला आउने गरेका छन् । 

 

ग्रामीण क्षेत्रमा रहेका ३४ वटा स्वास्थ्य संस्थामा दैनिक करीब ११ महिलाले प्रसूति सेवा लिने गरेका छन् । स्वास्थ्य अवस्था सामान्य भएका गर्भवती ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्था अर्थात् हेल्थ पोष्ट तथा प्राथमिक उपचार केन्द्रमा पनि सुरक्षित प्रसूति सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ । 

 

सरकारले गर्भवती महिलालाई उनीहरुले गाउँ नजीकैबाट जाँच र सुत्केरी सेवा लिन सकुन् भनेर प्रोत्साहन गर्न थालेको छ । चालू आवदेखि गर्भवती जाँचका लागि नियमितरुपमा चार पटक स्वास्थ्य संस्थामा आउने महिलालाई ८०० र प्रसूति सेवा लिन स्वास्थ्य संस्थामा आएबापत यातायात खर्चस्वरुप एक हजार उपलब्ध गराउन शुरु गरेको छ । 

 

गाउँमै रहेका स्वास्थ्य संस्थामा प्रसूति हुने गर्भवती महिला र शिशुलाई करीब एक हजार मूल्य बराबरको न्यानो कपडा सेटसमेत उपलब्ध गराउँदै आएको छ । गाउँमा रहेका स्वास्थ्य संस्थामा आउने महिलाको सङ्ख्या बढाउन न्यानो कपडा सेट गाउँका स्वास्थ्य संस्थामा प्रसूति सेवाका लगि आउने महिलालाई मात्रै दिइने गरिएको छ । 

 

सबै स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवाका लागि २४ सैँ घण्टा तालीम प्राप्त स्वास्थ्यकर्मीको व्यवस्था गरिएकाले गाउँकै स्वास्थ्य संस्थामा प्रसूति सेवा लिँदा पनि आमा र शिशु दुवै सुरक्षित हुने जिल्ला जनस्वास्थ्य कार्यालयको दाबी छ । स्वास्थ्य अवस्था गम्भीर भएकालाई स्वास्थ्य संस्थाले नै ठूला अस्पतालमा रिफर गरी दिने व्यवस्थासमेत मिलाइएको छ । 

 

अधिकांश गर्भवती महिला प्रसूति सेवाका लागि ठूला अस्पतालमा आउन रुचाउने भएकाले ठूला अस्पतालमा अत्यधिक चाप र ग्रामीण स्वास्थ्य संस्थामा न्यून चाप हुँदा प्रसूति सेवालाई प्रभावकारी बनाउन मुस्किल परिरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

 

शल्यक्रिया गर्ने बढ्दै 

शल्यक्रिया गरेर सहजरुपमा बच्चा जन्माउन चाहने महिलारुको सङ्ख्या पनि पछिल्ला वर्षमा बढ्दै गएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सुत्केरी हुने महिलामध्ये २२ प्रतिशत र नेपालगञ्ज अस्पतालमा १५ प्रतिशतले शल्यक्रियामार्फत प्रसूति सेवा लिने गरेका छन् । भेरी अञ्चल अस्पतालमा यो संख्या करीब ११ प्रतिशत छ । 

 

बाँकेमा वर्षेनी करीब १२ हजार ४७२ महिला सुत्केरी हुने अनुमान गरिएको छ । नेपालगञ्ज तथा कोहलपुरका ठूला अस्पतालमा छिमेकी जिल्लाबाट समेत प्रसूति सेवाका लागि गर्भवती महिला आउने भएकाले प्रसूति सेवा लिने महिलाको सङ्ख्या अनुमानभन्दा बढी हुने गरेको मातृशिशु शाखा अधिकृत वसन्त गैरेले बताउनुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement