पुस २२, पाँचथर । मोरङको मिक्लाजुङ गाउँपालिका–६ का ३३ वर्षीय कमलप्रसाद मिश्र विरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुस ११ गते उनी विरुद्ध मुद्दा दर्ता भएको हो । पीडितका आफन्तले दिएको उजुरी दर्ता गरिएको सो कार्यालयका इन्स्पेक्टर अनिल पौडेलले बताए । पुस १० गते गिरफ्तार गरिएका आरोपितको जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको इन्स्पेक्टर पौडेलले जानकारी दिए । पाँचथरकी ति युवतीलाई विभिन्न प्रलोभन देखाई भदौ ३१ गते आरोपितले बलात्कार गरेको पीडितका आफन्तले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण पुस १० गते जिल्ला अस्पतालमा गरिएको छ ।
महिला खबर