Advertisement
Advertisement
Advertisement
Advertisement

बलात्कार, हत्या, एसिड आक्रमण बढिरहेकै बेला दोस्रो बालिका सम्मेलन

  |      15:56:00   |  
बलात्कार, हत्या, एसिड आक्रमण बढिरहेकै बेला दोस्रो बालिका सम्मेलन

असोज १४, काठमाडौं । बालिका, किशोरीहरूमाथि लगातारजसो बलात्कार, हत्या, एसिड अर्थात तेजाब आक्रमण जस्ता हिंसाका घटना बढिरहेकै बेला आइतबार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले दोस्रो बालिका सम्मेलन आयोजना गरेको छ । सो अवसरमा महिलामन्त्री थममाया थापाले बालिकामाथि हिंसा, हत्या, बलात्कारका घटना रोक्नका लागि सबैलाई एकताबद्ध हुन आग्रह गरिन् । बेलायती राजकुमार ह्यारीले भिडियो कन्फरेन्समार्फत बालिका सम्मेलनको शुभकामना दिँदै नेपालका बालिकाको उज्ज्वल भविष्यको कामना गरेका छन् । 

 

नेपालको संविधानले बालबालिकालाई मौलिक हक प्रदान गरेको छ । बाल संरक्षण नीतिमा बालबालिकालाई पिट्ने वा शारीरिक रुपमा आक्रमण वा शारीरिक दुव्र्यवहार गर्न नहुने, बालबालिकालाई अश्लील चित्र, शब्द वा हाउभाउ प्रस्तुत गर्न नहुने, कुनै पनि बालबालिकालाई कानून विपरीत श्रम वा काममा लगाउन नपाइने लगायत व्यवस्था गरेको छ । 

 

‘सक्षम बालिकाः समृद्ध नेपाल’ नाराका साथ भएको सम्मेलनमा बालिका संरक्षणमा ठोस पहल गर्ने विश्वास लिइएको छ । यसअघि पहिलो सम्मेलन २०७३ मा भएको थियो । पहिलो सम्मेलनको बाल विवाहलाई रोक्ने मूल उद्देश्य थियो । यो सम्मेलनमा जबरर्जस्ती विवाह, हिंसा र बलात्कारजस्ता घटना रोक्नका लागि ठोस छलफल हुनेछ । नेपालले सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने लक्ष्य राखेको छ । 

 

राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो बालिका सम्मेलनका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण बालिकाको सुस्वास्थ्य र उज्ज्वल भविष्यको शुभकामना गरिन् । राष्ट्रपति भण्डारीले बालिका सम्मेलनका अवसरमा पठाएको सन्देशमा भनिएको छ, “आजका बालिकालाई उचित शिक्षादीक्षा, स्वास्थ्य चेतना प्रदान गर्दै जीवनोपयोगी ज्ञान र सीपबाट निपुण बनाउनुपर्छ, भोलिका कुशल र सक्षम अभिभावक, देशभक्त, स्वाभिलम्बी र कर्तव्यपरायण बनाउन अहिलेदेखि नै ठोस पहल गर्नु जरुरी छ ।” 

 

समाजमा बालिकाप्रति भएका जघन्य अपराधको समाचारले आफूलाई मर्माहत बनाउने गरेको उल्लेख गर्दै उहाँको सन्देशमा भनिएको छ, “विभिन्न खालका अपराधबाट छोरीहरुलाई संरक्षण गर्नु र जोगाउनु हामी सबैको दायित्व हो, कानूनको शासनको प्रभावकारी कार्यान्वयन गरी अपराधीलाई दण्डित गरी पीडितलाई संरक्षण गर्नुपर्छ ।” 

 

बालिकालाई विद्ययमान सामाजिक विकृति र कुसंस्कारबाट जोगाएर आत्मविश्वासी र चेतनशील नागरिकका रुपमा विकसित गर्नु समाज र राज्यको दायित्व भएको उल्लेख गर्दै सन्देसमा बालिकामैत्री कानून कार्यान्वयन गर्नका लागि प्रभावकारी पहल गर्न सबैको ध्यानाकृष्ट गराएकी छिन् । 

 

पहिलो बालिका सम्मेलन बालविवाह न्यूनीकरण गर्न भएको सफलताको समीक्षा गर्दै आजका बालिका भोलिका जिम्मेवार नागरिक भएको हुँदा घरपरिवारदेखि राष्ट्रको वहन गर्न सक्ने बनाउनुपर्ने सन्देशमा उल्लेख छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement