Advertisement
Advertisement
Advertisement
Advertisement

बलात्कार घटना न्यूनीकरणका लागि हस्ताक्षर अभियान

  |      10:58:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र २२, बुटवल ।  बलात्कार घटना न्यूनीकरणका लागि सरकारमाथि दबाब सिर्जना गर्न सञ्चारीका समूह लुम्बिनीले बुटवलमा हस्ताक्षर अभियान शुरु गरेको छ । 

 

यहाँस्थित पुष्पलाल पार्कमा हिजो बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हस्ताक्षर सङ्कलन गरिएको थियो । सञ्चारीका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रदेश नं. ५ का भौतिक पूर्वाधार विकासमन्त्री तथा सरकारका प्रवक्ता बैजनाथ चौधरीलगायत प्रदेशसभा सदस्यले पनि ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरेका थिए। 

 

सो अवसरमा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले चेतनाको अभाव वा अन्य कारणले गर्दा महिला बलात्कृत हुनबाट रोकिएको छैन भन्दै यसको न्यूनीकरणका लागि यस्ता दबाबमूलक क्रियाकलापको अपरिहार्यता रहेको बताए ।

 

अभियानका क्रममा एक हजार जनाले हस्ताक्षर गरेका थिए । सङ्कलन गरिएको हस्ताक्षर प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने कार्यक्रम रहेको सञ्चारीका समूह लुम्बिनीकी अध्यक्ष अनमोलले जानकारी दिईन् । 

 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रुपन्देही, अन्तर पार्टी महिला सञ्जाल तिलोत्तमा नगरपालिका, दलित महिला सङ्घ  फेडो, महिला जेसिस, स्वतन्त्र विकास समाज, रेडियो मुक्ति, रेडियो रिपब्लिक, सिद्वार्थ सामुदायिक समाज, सेलर्ड रुपन्देही, कदम नेपाल लगायत संस्थाले ऐक्यबद्धता जनाएका थिए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement