Advertisement
Advertisement
Advertisement
Advertisement

बलात्कार घटनाका पीडितलाई राहत उपलब्ध गराउनुपर्छ

  |      11:26:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र १२, कैलाली ।  प्रदेश नं ७ प्रदेशसभाको हिजोको बैठकको विशेष समयमा बोल्ने अधिकांश सदस्यले कैलाली र कञ्चनपुरमा बलात्कारपछि भएका हत्याको घटनाका पीडित पक्षलाई राहत एवं क्षतिपूर्ति उपलब्ध गराउन सभा र सरकारको ध्यानाकर्षण गराएकाछन् । 

 

उनीहरुले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने दोषीलाई कारबाही गर्न माग गर्दै गरिएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर सनी खुनाको मृत्यु भएको घटना दुःखद् भएको बताए । बलात्कार र हत्या घटना भएको झण्डै एक महिनासम्म पनि दोषीलाई पक्राउ गर्न नसक्नुमा सरकारको कमजोरी रहेको आरोप पनि उनीहरुले लगाए ।

 

उनीहरुले समाजमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्न नसकिए सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै जनताले प्रश्न उठाउन सक्नेतर्फ सरकार सचेत हुनुपर्नेमा जोड दिएका थिए ।  यसरी जोड दिनेमा सदस्य कृष्णबहादुर चौधरी, डा रणबहादुर रावल र महेशदत्त जोशी रहेकाछन् । 

 

बैठकको विशेष समय र शून्य समयमा उठाइएका प्रश्नको जवाफ दिदैं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले अपराधीलाई दण्डित गर्न, पीडितलाई राहत दिन र शान्ति सुव्यवस्था कायम राख्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । 

 

मन्त्री शाहले कञ्चनपुरकी निर्मला पन्त र सनी खुना तथा गएको असारमा बलात्कारपछि हत्या गरिएकी कैलाली गौरीगङ्गा नगरपालिकाकी–२१ वर्षीया माया विकको परिवारलाई जनही रु. पाँच लाख राहत दिने निर्णय प्रदेश सरकारले गरिसकेको जानकारी दिए ।

 

प्रदेशको कर तथा गैर कर लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठायोस् भनी आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले राखेको प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ । 

 

यसैगरी मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई सम्बन्धित समितिमा छलफलका लागि पठाइयोस् भनी मन्त्री बोहराले प्रस्तुत गरेको प्रस्तावलाई पनि बैठकले स्वीकृत गरेको छ । प्रदेशसभाको अर्को बैठक सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement