Advertisement
Advertisement
Advertisement
Advertisement

बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्म कैद हुन्छ : मन्त्री थममाया

  |      13:57:00   |  
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा

साउन २०, भक्तपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्मकैद हुने बताउनु भएको छ । 

 

आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संगठन अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले आयोजना गरेको महिला जनप्रतिनिधिहरुको अनुभव आदनप्रदान कार्यक्रममा उहाँले १० वर्षभन्दा कम उमेरका बालिकालाई बलात्कार मात्रै गरे पनि सर्वश्वसहित जन्मकैदको सजाय हुने बताउनुभयो । 

 

महिलाको अधिकार र संघर्षका माध्यमबाट ऐतिहासिक आन्दोलन सफल भएको बताउँदै उहाँले महिलाले गरेको आन्दोलनका कारण नेपालमा परिवर्तनका अधिकांश ढोकाहरु खुलेको बताउनुभयो । 

 

मन्त्री थापाले नेपालको धर्म, संस्कृति, परम्परा, रूढीवादी संस्कारका कारण अहिले पनि महिलाहरु दोस्रो दर्जाका रुपमा रहनु परेको भन्दै तीनै तहका निर्वाचित महिला जनप्रतिनिधिहरुले यस प्रकारका संस्कारहरुको अन्त्य गर्न आ–आफ्नो तवरबाट पहलकदमी चलाउँदै कानूनी प्रक्रियाबाट अघि बढ्न आग्रह गर्नुभयो । 

 

वर्तमान सरकार दुई तिहाइ हाराहारीको जनताले दिएको मतबाट निर्माण भएको स्थिर सरकार भएकाले महिलाको हक, अधिकारका निम्ती मन्त्रालयका तर्फबाट आवश्यक कानून निमार्णको प्रक्रियामा रहेकाले निर्वाचित जनप्रतिनिधिहरुले हातमा हात काँधमा काध मिलाई सहयोग गर्न आग्रह गर्नुभयो । 

 

कार्यक्रममा संघको इञ्चार्ज राधा ज्ञावलीले निर्वाचित जनप्रतिनिधिहरु जनताको सेवक भई अँध्यारोमा बत्तीको उज्यालो झैँ काम गर्न आग्रह गर्नुभयो । त्यस्तै उहाँले जहाँ जनचाहना अनुसारको विकास निमार्णका इच्छा त्यहाँ काम भन्ने सिद्धान्तलाई आत्मसात् गर्नुपर्ने बताउनुभयो । 

 

अखिल नेपाल महिला संघ ९क्रान्तिकारी०की अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अमृता थापाले महिलाको हक र अधिकारका निम्ति कानून निमार्णको चरणमा रहेको र कानून निर्माणपश्चात् कडाइका साथ कार्यान्वयन हुने बताउनुभयो । 

 

संघकी पूर्वअध्यक्ष शान्ति मानवीले कानूनमा लेखिएका तर व्यावहारिकतामा प्रयोग नभएका महिलाका हक र अधिकारलाई व्यावहारिक रुपमा लागू गर्नुपर्ने बताउनुभयो । उहाँले महिला मुक्तिको आन्दोलनमा एक ढिक्का भई अघि बढ्नुपर्ने धारणा राख्नुभयो।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement