Advertisement
Advertisement
Advertisement
Advertisement

बलत्कार गर्ने व्यक्तिको पहिचान हुन नसक्दा बालिका समस्यामा

  |      11:07:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र २८, बर्दिया ।  बलात्कृत भई गर्भवती भएकी बाँसगढी नगरपालिका–६ की १४ वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्ति को र कहाँको हो भन्नेबारे जानकारी नपाउँदा कानूनी कार्वाहीका लागि किटानी जाहेरी दिन समस्या परेको छ । 

 

बलात्कार गरी गर्भवती बनाउने व्यक्तिको पहिचान हुन नसक्दा सबैभन्दा बढी समस्यामा पीडित बालिका मात्रै होइन, उनको परिवार पनि परेको छ । सुस्तःमनस्थितिकी ती बालिका आफूलाई बलात्कार गर्ने व्यक्तिका बारेमा प्रस्ट भन्न सक्दिनन् र घटनाका बारेमा सोधपुछ गर्दा बोल्दै बोल्दिनन् । 

 

 उनी आफू बलात्कृत भई पीडित भएको भन्ने उनीलाई आभास हुनसकेको छैन । यस्तो अवस्थामा बलात्कृत गर्ने व्यक्तिको पहिचान गर्न झनै समस्या देखिएको छ । घटनाका बारेमा घर नजिकैको सोल्टी टोलका एकजना केटाले सम्पर्क गर्न मागेको र जङ्गलमा लगी बलात्कार गरेको भन्ने गरेकी छिन् । 

 

उक्त व्यक्तिलाई देखे भने चिन्छु पनि भन्ने गरेकी छिन् । तर ती व्यक्तिको पहिचान र उनीको न्यायको कसैले कतैबाट पहल हुनसकेको छैन । उनी गत वैशाख महिनामा घरबाट ठाकुरबाबा नपाको सैनाबरमा दिदीको घरमा जान्छु भनेर हिँडेकी उनी पाँच दिनसम्म बेपत्ता रहेकी थिइन् । घर र दिदीका सबै परिवारले खोजी गरे पनि उनी कहीँ कतै फेला पार्न सकेकी थिईनन् । 

 

हराएको छैटौँ दिन सुरक्षाकर्मीले मोटरसाइकलमा घर पु¥याएका थिए । घरका कसैलाई पनि नभेटी उनीहरु फर्किएका थिए । आमाले भन्नुभयो, “म बारीमा थिए, दुईवटा मोटरसाइकल आएर रोकियो । छोरीलाई लिएर आएका रहेछन् । म त्यहाँ पुग्न नपाउँदै उनीहरु हिँडिहाले एकजनाले पुलिसको पोशाक लगाएको थियो । उनीले केही कुरै गरेनन् ।” 

 

पाँच दिनसम्म कहाँ थियो भनी सोधपुछ गर्दा बर्दिया राष्ट्रिय निकुञ्जस्थित बबई पुल नजिकै चारजना प्रहरीले समातेर लगेर राखेको बताउने गरेकी छिन् । उनीहरुले शारीरिक सम्बन्ध कहिले राखे, कहिले केही गरेनन् भन्दै बोली फेर्ने गरेकी छिन् । बालिकाले हरेक पटक बोली फेर्ने गर्दा पनि उनीलाई बलात्कार गरी गर्भवती बनाउने व्यक्तिको पहिचानमा समस्या हुँदै आएको छ । 

 

बालीकाकी आमाका अनुसार उनी गत वैशाख महिनादेखि महिनावारी भएकी छैनन् । छोरीको किन महिनावारी भएन भन्ने बारेमा सोचेको तर अरू केही कारणले नभएको होला भनेर सामान्यरुपमा लिए पनि छोरीको शरीर परिवर्तन भएको देखेपछि भने के कारणले यस्तो भएको भन्ने नजिकैको स्वास्थ्य चौकी स्वास्थ्य परीक्षण गर्न गएपछि मात्रै छोरीको पेटमा बच्चा रहेको थाहा पाएको बालिकाकी आमाले बताइन् । 

 

स्वास्थ्य चौकीले कति महीनाको गर्भ छ भन्ने बारेमा केही नभनी दिँदा थप समस्यामा परेका छन् । बालिकाको पेटमा करीब पाँच महीना अर्थात् २० हप्ताको गर्भ भइसकेको छ । यदि गर्भपतन गराउन खोजेको खण्डमा पनि कानूनले १२ हप्ताको गर्भलाई मात्रै गर्भपतन गर्ने कानूनी मान्यता दिएको छ । 

 

बालिकाले आफ्नो हित र अहितका बारेमा केही बोल्न सक्दिनन् । उनले बच्चा जन्माई हाले पनि उक्त बच्चाको जिम्मेवारी कसरी पूरा गर्लिन् । त्यसमाथि अपरिपक्व शरीर, कमजोर मानसिक अवस्था जन्मिएको बच्चा र आमा साथै परिवारलाई सामाजिकरुपमा हेर्ने गलत दृष्टिकोणबाट कसरी बच्ने पीडित परिवार चिन्तामा छ । समाजमा सहयोग गर्नेभन्दा पनि आलोचना गर्ने बढी छन् । 

 

घटनाका बारेमा थाहा भएको र पीडित बालिका र परिवारलाई न्यायका लागि पहल गर्न खोजे पनि बालिकाले आफूलाई बलात्कार गर्ने व्यक्ति र स्थानका बारेका यकिन रुपमा भन्न नसकेको तर प्रयास जारी राखेको बाँसगढी नगरपालिका–६ का वडाध्यक्ष दशरथ चौधरीले बताए । 

 

बालिका बलात्कृत भई गर्भवती भएको घटनाको विषयमा आफ्नो ध्यानाकषर्ण भएको बताउँदै समस्या सामाधान र प्रहरी र जिल्ला प्रशासन कार्यालय बर्दियामा समन्वय र पहल प्रक्रिया अगाडि बढाएको बाँसगढी नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक सुष्मा चौधरीले बताईन् ।

 

निमित्त प्रजिअ तथा सूचना अधिकारी महेन्द्रजङ्ग शाहीले पीडित बालिका र अभिभावकले घटनाका सम्बन्धमा निवेदन लिएर आए आफ्नो तहबाट अन्य सम्बन्धित निकायमा पत्राचार गर्ने बताए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement