पुस १३, काठमाडौं । सन् २०२३ मा एचआईभी–एड्स संक्रमणका कारण बंगलादेशमा कुल २६६ जनाको मृत्यु भएको छ। यो वर्षमा सबैभन्दा बढी एड्स संक्रमित फेला हो।
बंगलादेशमा कुष्ठरोग तथा एड्स नियन्त्रण कार्यक्रमले बुधबार पत्रकार सम्मेलन आयोजना गरी यस वर्षको डिसेम्बर २७ सम्म एड्सबाट १ हजार २ सय ७६ संक्रमितहरू रेकर्ड गरिएको जनाएको छ।
यस वर्ष संक्रमितमध्ये १ हजार १ सय १८ बंगलादेशी नागरिक रहेको र बाँकी १ सय ५८ जना म्यानमारका रोहिंग्याहरू बंगलादेशको विभिन्न शिविरहरूमा बसोबास गरिरहेका व्यक्तिहरू रहेको जनाएको छ।